२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

आईसीएफसी फाइनान्स बुटवल शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

बिहिवार , मंसिर २७, २०८१

भैरहवा, २७ मंसिर । आईसीएफसी फाइनान्स लिमिटेड, बुटवल शाखाले बुधबार ज्ञानोदय माध्यमिक विद्यालय, पुलचोक, बुटवलमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा ७८ जना बढी विद्यार्थी तथा शिक्षकहरूको सहभागीता रहेको आईसीएफसी फाइनान्स लिमिटेड बुटवल शाखाका शाखा प्रबन्धक बिशाल बस्नेतले जानकारी दिए । 

वित्तीय साक्षरता, बचतको महत्व, सही वित्तीय निर्णयको आवश्यकता र बैंकिङ प्रणालीबारे ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थीहरूको वित्तीय चेतना अभिवृद्धि गर्ने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा आईसीएफसीका कर्मचारी विकास ज्ञवालीले सहजीकरण गरेका थिए ।

WhatsApp Image 2024-12-11 at 11.42.43 AM.jpeg

शाखा प्रबन्धक बस्नेतको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक टिकाराम शर्मा पौडेलको प्रमुख आतिथ्यता, विद्यालयकी शिक्षिका सरस्वती पौडेलको विशेष आतिथ्यता तथा आईसीएफसीका निरज प्रसाद पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा सहभागीहरुले यसप्रकारका कार्यक्रमले युवा पुस्तालाई आर्थिक क्षेत्रको ज्ञान दिइ थप सचेत बनाउन मद्दत गर्ने धारणा राखेका थिए ।

कार्यक्रममा आईसीएफसी फाइनान्स लिमिटेडका कर्मचारीहरू प्रवीणा पाठक, सञ्जीव ज्ञवाली, सन्तोष एम.सी. र सुवर्ण ढकालको सहभागीता रहेको थियो ।