२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

व्यवसायी विष्णु शर्मा भन्छन्–सबैले मिहिनेत गरौं

आइतवार , मंसिर ३०, २०८१

भैरहवा, ३० कार्तिक । कुनै पनि क्षेत्रमा सफलता प्राप्तिका लागि मिहिनेतका साथै लिडरसीप क्षमता वृद्धि गर्न प्रयास र अभ्यासको अनिवार्य खाँचो भएको एक तालिम कार्यक्रममा वक्ताहरुले बताएका छन् । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को १४० औं श्रृंखलाका प्रमुख अतिथि तथा निजी क्षेत्रका अगुवा विष्णु प्रसाद शर्माले आफ्नो अनुभव सुनाउँदै यस्तो बताएका हुन् ।

लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ कार्यक्रमको ‘मेरो कर्म मेरो खुशी’ सन्दर्भमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष समेत रहेका शर्माले आफ्नो अनुभव साझा गरे । उनले उत्प्रेरणा दिदै आफ्नो व्यक्तिगत कुरा समेत सुनाउँदै भने, ‘४५ वर्षअघि १ हजार ७ सयले व्यापार सुरु गरेको थिए । अनावश्यक अपेक्षा नभएकोले आज सबै पुग्दो छ । यो निरन्तर मिहिनेतको फल हो । त्यसैले सबैले मिहिनेत गरौं ।’

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष समेत रहेका शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका बारेमा पनि एलएसडीटीले कार्यक्रम गर्नुपर्ने सुझाव समेत दिए ।

WhatsApp Image 2024-12-15 at 8.50.34 AM.jpeg

शनिबार भैरहवास्थित एसियन बुद्ध होटलमा आयोजित कार्यक्रममा श्रृंखलाकी अध्यक्ष सुपा देउराली दिदीबहिनी समूहकी सदस्य बसन्ता न्यौपानेले उपस्थिति सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा महिला उद्यमी तथा एलएसडीटी आजीवन सदस्य  बिमला बेलबासेले स्वागत मन्तव्य राखेकी थिइन् ।

तालिमको प्रारम्भिक सहजीकरण सृजनशील मंच नेपालका सचिव कृष्ण साहले गरेका थिए । एलएसडीटी युथका सदस्य कक्षा १० मा अध्ययनरत विराट बस्यालले वैदेशिक रोजगारबारे एक खोजमूलक महत्वपूर्ण प्रस्तुति गरेका थिए ।

कार्यक्रमको प्रारम्भ ध्यानबाट हुने गर्छ । शनिबार ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी सुमित्रा दिदीले ध्यान गराउनुभएको व्यवस्थापन समितिका हरिश सेठियाले बताए । तालिम निःशुल्क सञ्चालन हुने गर्दछ । स्वेच्छिक योगदानबाट सञ्चालन हुने गरेको सेठियाले जानकारी दिए । यो कार्यक्रम लोकप्रिय हुँदै गएको पनि बताए ।

एलएसडीटीको मुख्य प्रशिक्षक तथा संस्थापक विजय पाण्डे रहेको अनुपम गुप्ताले बताए । उनले भने, ‘यो सबै उमेर वर्गका निम्ति उपयोगी कक्षा हो । प्रशिक्षक पाण्डे सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व महासचिव हुन् ।