२०८२, चैत्र १६ गते

Mar 30 2026 | २०८२, चैत्र १६ गते

लुम्बिनी महोत्सव : सम्पूर्ण स्टलहरुमध्ये पञ्चकन्या ग्रुप सर्वोत्कृष्ट

मंगलवार , पौष २, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २ पुस । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवामा भएको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा सहभागी सम्पूर्ण स्टलहरुमध्ये पञ्चकन्या ग्रुप, तिलोत्तमा–१५, रुपन्देही सर्वोत्कृष्ट हुन भएको छ ।

    मंसिर २० देखि पुस १ गतेसम्म भैरहवास्थित अञ्चलपुरमा सञ्चालित महोत्सवमा पञ्चकन्या ग्रुप सर्वोत्कृष्ट भएको संघका निवर्तमान अध्यक्ष एवं महोत्सवका अनुगमन/मूल्यांकन समिति संयोजक भीष्म प्रसाद न्यौपानेले बताए ।

    आइतबार महोत्सवको समापन कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष भीष्म प्रसाद न्यौपाने, महासचिव कृष्ण प्रसाद घिमिरे लगायतले ग्रुपका उपमहाप्रबन्धक देवेन्द्र साहूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।