२०८२, चैत्र १६ गते

Mar 30 2026 | २०८२, चैत्र १६ गते

बैंकहरु कठिन परिस्थितिमा चलिरहेका छन्ः गभर्नर अधिकारी

बिहिवार , पौष ४, २०८१

  • 691
    Shares
  • 691
    Shares
  • नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरु कठिन परिस्थितिमा चलिरहेको बताएका छन ।


    बुधवार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उनले बैंकहरुले ऋणहरुसँग ऋणको सावाँ समेत ब्याज उठ्न नसक्दा बैंकहरु समस्यामा रहेको उल्लेख गरे । गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरु रहेको बताए । उनले राष्ट्र बैंकको नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको दाबी गरे । उनले बैंकिङ क्षेत्रप्रति राष्ट्र बैंक गौरव गर्ने भन्दै नेपालको बैंकिङ अभ्यास पारदर्शी रहेको बताए । उनले पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौति थपेको उल्ल्लेख गरे । उनले बैंकहरुमा पछिल्लो समय पुँजी राम्रो भएपनि निष्क्रिय कर्जा बढेको बताए । गभर्नर अधिकारीले राष्ट्र बैंकले व्यवस्था गरेको प्रोभिजनले बैंकहरुलाई बलियो बनाउँदै बैंकलाई बचाउन मद्दत गर्ने बताए । उनले प्रोभिजनको व्यवस्थाले बैंकहरु आत्तिने स्थिति सिर्जना हुनबाट बचेको दाबी गरे।  


    उनले भने,‘हामीले बैंकिङ प्रणालीलाई सुरक्षित राख्न सकेका छौं, बैंकर साथीहरूले सघाउनुभएको छ । जुनसुकै कठघरामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर बसेको छ । कोरोनालगायत विश्वव्यापी समस्यामा पनि नेपाली बैंकिङ क्षेत्र खरो बनेर उभिएको छ । हामीले विश्वव्यापीकरणको लाभ लिइरहेका छौं तर विश्वव्यापी रूपमा स्वकेन्द्रित हुन थालिएको छ । यसमा अनिश्चितता मात्र निश्चित देखिन्छ । हामीले काम गर्दा प्रशस्त चुनौति छन् । बैंकिङ क्षेत्र झन् चुनौतिमा छ । संवेदनशीलता तपाईंहरूलाई थाहै होला । हाम्रा नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि सघाउने खालका छन् । बैंकिङ क्षेत्रप्रति हामीले गौरव गर्नुपर्छ । बैंकिङ अभ्यास निकै पारदर्शी छ । पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौति थपेको हो । पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको छ । तर प्रोभिजनले बलियो बनाएको छ । प्रोभिजनले बैंकलाई बचाउँछ । ऋणको साँवा ब्याज उठेको छैन, हामी यो कठिन परिस्थितिमा बाँचेका छौं । तर, प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचेको छ ।’


    उनले बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले नभएर बैंक आफ्नै कारणले दिन नसकेको बनाए । उनले जुन बैंक इफिसियन्ट भयो त्यही बैंकले धेरै लाभांश बाँडेको भन्दै प्रोभिजनका कारण बैंकहरुको लाभांश क्षमता घटेको भन्न नमिल्ने उल्लेख गरे। उनले कुनै बैंकले २६ प्रतिशतसम्म लाभांस बाडे भने कसैले शून्य लाभांश बाँडेको बताए। उनले  बैंकिङ क्षेत्रलाई वाह्य क्षेत्रबाट दबाब आउँदा समस्या परेको बताए। उनले ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहका बैंकका शाखाहरुबाट काम हुन नसकेको बताए । उनले बैंकको नाफामाथि प्रश्न उठ्दा पनि असहज अवस्थामा बैंकहरु पुगेको बताए । बैंकहरु नाफाबिना चल्न नसक्ने भन्दै पुँजी लगानी गरेपछि प्रतिफल आवश्यकता पर्ने बताए।