२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता लिन तिलोत्तमा व्यापार संघको माग

सोमवार , पौष ८, २०८१

बुटवल, ८ पुस । सिमेन्टमा भारी मूल्यवृद्धि गरिएपछि तिलोत्तमा व्यापार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरी प्रतिबोरा २ सय रुपैयाँसम्म अप्रत्यासित रुपमा मूल्यवृद्धि गरेको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको हो ।

संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तीमा केही उद्योगहरुको मिलेमतोमा बिना कारण क्लिङ्करको मूल्यवृद्धि भएको बहाना बनाई सिमेन्टमा गरिएको मूल्यवृद्धिले आम उपभोक्ताको चरम आर्थिक शोषण गर्ने काम भएको उल्लेख छ । संघले तत्काल बढेको मूल्य फिर्ता लिन समेत उद्योगीहरुको ध्यानाकर्षण गराएको छ ।