२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अग्रजको अनुभवले जीवनमा ठूलो प्रेरणा दिन्छ : रोहित अग्रवाल

सोमवार , पौष ८, २०८१

भैरहवा, ८ पुस । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को १४१ औं श्रृंखलाका वक्ता तथा युवा उद्यमी रोहित कुमार अग्रवालले आफ्नो कर्म आफ्नो खुशी अनुभव साझा गरेका छन् । उनले  हरेक मानिस आफ्नो कर्ममा खुशी हुनुपर्ने बताएका छन् । 

उनले भने, ‘खुशी परिवारबाट पाउन सकिन्छ । राम्रो काम गर्ने प्रेरणा आफ्नै परिवारबाट पाउन सकिन्छ । आफ्ना अग्रजको अनुभवले हामीलाई जीवनमा ठुलो प्रेरणा दिएको हुन्छ ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अग्रवालले एलएसडीटीको माध्यमबाट धेरैले आफ्नो कर्मका कारण प्राप्त खुशी साझा गर्न पाएको बताए । ‘जीवनमा भोगेका विभिन्न सिकाइ साझा गर्दा एक–अर्कालाई उत्प्रेरणा हुन्छ, ’उनले भने ।  

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कर्पोरेट उपाध्यक्ष समेत रहेका अग्रवालले  एलएसडीटीको कामले खुसी लागेको भन्दै प्रशंसा गरे । अग्रवाल एलएसडीटीका एक मुख्य  प्रोत्साहनकर्ता हुन् । एलएसडीटी अगाडी बढाउन रोहित अग्रवालको महत्वपूर्ण भूमिका भएको कार्यक्रमका अध्यक्ष एलएसडीटी व्यवस्थापन समिति सचिवालय प्रमुख एवं सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विरेन्द्र ज्ञवालीले बताए । ज्ञवालीले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।

WhatsApp Image 2024-12-23 at 8.12.27 AM.jpeg

कार्यक्रमको संयोजन व्यवसायी संजय जयसवालले गरेका थिए । उनले उपस्थितिलाई स्वागत गर्दै एलएसडीटीको महत्वबारे बताएका थिए । उनले भने, ‘एलएसडीटी त्यसका लागि हो जसले गल्ती गरेर सिक्न खोज्छ ।’ 

कार्यक्रमको सञ्चालन व्यवसायी महेन्द्र गुप्ताले गरेका थिए । कार्यक्रममा एलएसडीटी युथका सदस्य विशाल न्यौपानेले आजको प्रविधि विषयमा प्रस्तुत गर्नुभएको र प्रस्तुतिमाथि बीमा क्षेत्रका जानकार तथा वक्ता गोविन्द प्रसाद गिरीले टिप्पणी गर्नुभएको कार्यक्रम सञ्चालक महेन्द्र गुप्ताले बताए ।

पुस ६ गते शनिबार रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा आयोजित तालिममा ध्यानको महत्वबारे ब्रह्माकुमारी ईश्वरीय विश्वविधालय भैरहवाकी ब्रह्माकुमारी सत्या दिदीले प्रकाश पारेकी थिइन् । पुस ६ गते ध्यान दिवस रहेको थियो । एलएसडीटी हरेक शनिबार बिहान नियमित सञ्चालन हुँदै आएको छ ।