२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

स्वदेशी बस्तुको बजार व्यवस्थापनका लागि काम गरिरहेका छौ : मन्त्री भण्डारी

मंगलवार , पौष ९, २०८१

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, ९ पुस । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी बस्तुको प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन । 

    मंगलबार सिंहदरबारमा काठमाडौं, ललितपुर र भक्तपुरका महिला उद्यमीहरुसंगको छलफलका क्रममा मन्त्री भण्डारीले स्वदेशमा उत्पादित हस्तकला लगाएतका अन्य सामाग्रीहरुको प्रयोगमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताए । स्वदेशी बस्तुको बजार व्यवस्थापनका लागि समेत मन्त्रालयले काम गरिरहेको उनले बताए ।

    मन्त्री भण्डारीले बाणिज्य बिभागमा स्वदेशी बस्तु भनेर जानकारी गराइएका सामाग्रीहरुलाई मन्त्रालयले बिभिन्न प्रयोजनका लागि प्रयोग गर्ने उल्लेख गरे । स्वदेशी उत्पादन भएका बस्तुको प्रयोगसम्बन्धी कार्यविधिलाई अघि बढाउनका लागि सरोकारवाला निकायसंग छिटै छलफल गरिने मन्त्री भण्डारीले बताए। महिला उद्यमीहरुले सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरु तथा पदाधिकारीहरुले उपलव्ध भएसम्म स्वदेशी उत्पादन भएका बस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ पारित भएकोप्रति मन्त्री भण्डारीलाई धन्यवाद दिएका थिए ।

    उनीहरुले उक्त निर्देशिका शीघ्र कार्यान्वयन गर्नका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए । महिलाहरुबाट उत्पादित हस्ताकला सामाग्रीहरु सरकारी स्तरमा प्रयोगमा ल्याउन सके नेपालको अर्थतन्त्रलाई थप टेवा पुग्ने महिला उद्यमीहरुको विश्वास छ ।