२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा बामपन्थी प्यानलको वर्चश्व

आइतवार , चैत्र १, २०७७

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • बुटवल, १ चैत । 
    पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को प्रथम अधिवेशन अन्तर्गत भएको निर्वाचनमा अध्यक्ष दधिराम खरेलले नेतृत्व गरेको बामपन्थी प्यानलको वर्चश्व कायम भएको छ । 

    कुल ११ सदस्यीय संचालक समितिमा खरेल नेतृत्वको प्यानलबाट ८ जना र महासचिव पदमराज गाहामगर नेतृत्वको प्रजातान्त्रिक प्यालनबाट ३ जना निर्वाचित भएका छन् ।

    बामपन्थी प्यानलमा अध्यक्ष खरेलसहित नारायण घिमिरे, गोपाल पौडेल, जीवन बन्जाडे, रामचन्द्र भुसाल, चेतनारायण बेलबासे (गोली), मोहन पिएस, कृष्णप्रसाद सापकोटा निर्वाचित भएका छन भने प्रजातान्त्रिक प्यानलबाट निवर्तमान महासचिव गाहामगर सहित सुरेन्द्र श्रेष्ठ र कृष्ण प्रसाद पाण्डे विजयी भएका छन् ।

    संघबाट परिवर्तित भइ प्रा.लिमा रुपान्तरित सो संस्थामा निर्वाचित ११ जना संचालकबाट १ जना अध्यक्ष र १ जना प्रबन्ध संचालक चयन गर्ने विधानमा व्यवस्था रहेको निर्वाचन प्रमुख मदन कट्टेलले बताए । संस्थामा करिब २ हजार ४ सय बस व्यवसायी आवद्ध छन् ।