
आइतवार , श्रावण २५, २०७७
बुटवल, २५ साउन ।
लायन्स क्लव अफ बुटवल, लायनेश क्लव बुटवल र लियो क्लब बुटवलको आयोजनामा गुल्मीको ईस्मा गाउँपालिका गएको पहिरोबाट पीडित भएका स्थानीयहरुलाई सहयोग प्रदान गरिएको छ ।
लायन्स क्लवस नेपाल स्थापना भएको ५० औ स्वर्ण जयन्तीको अवसरामा ‘हंगर रिलिफ प्रोग्राम’ अन्र्तगत सहयोग प्रदान गरिएको हो ।
आइतबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी सामाजिक क्षेत्रमा क्रियाशिल ३ वटा क्लबहरुले सहयोग रकम प्रदान गरेका हुन । आइतबार गुल्मी ईस्मा सम्पर्क समाजका अध्यक्ष बाबुराम गौतमलाई पीडीजी महेन्द्र नारायण श्रेष्ठ, लायन्स क्लब बुटवलका अध्यक्ष सञ्जय कलवार जैसवालले संयुक्त रुपमा २५ बोरा चामल सहयोग प्रदान गरेका हुन ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिीक ३२५ बी टु नेपालका डिष्ट्रिक रिलिफ चिफ अर्जुनमान शैंजु, लायनेश बुटवलका अध्यक्ष मिना श्रेष्ठ, लियो क्लब अफ बुटवलका अध्यक्ष हिमाल भुषालको सहभागिता रहेको थियो ।
कार्यक्रममा पहिरोबाट प्रभावित भएकाहरुको लागि सामाजिक सेवा भावले सहयोग रकम प्रदान गरिएको लायन्स क्लब बुटवलका अध्यक्ष सञ्जय कलवार जैसवालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij