
आइतवार , पौष २१, २०८१
बुटवल, २१ पुस । रुपन्देहीको बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.ले संघ–संस्थाहरुसँगको उपचार सम्झौता अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा बुटवलमा रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग एक समारोहकाबीच उपचार सम्झौता गरिएको हो । बुटवल हस्पिटलले उपचारका लागि सिटिजन्स बैंकमार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ ।
त्यसै गरी बैंकले पनि अस्पतालले गर्ने विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । उपचार सम्झौतासँगै दुई संस्थाबीच व्यवसायिक तथा अन्य सहकार्यको बाटो खुलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिककै भएकोले यसको संरक्षण र प्रवद्र्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए ,
सो अवसरमा सिटिजन्स बैंक लुम्बिनी प्रदेश प्रमुख हरि प्रसाद घिमिरेले बैंक र हस्पिटलबीच भएको सहकार्यले दुवै पक्षलाई आगामी दिनमा थप सहकार्यको बाटो खुला भएको बताए । उजले बुटवल हस्पिटल यस क्षेत्रमै नमूना अस्पताल भएकोले सहकार्यका लागि बुटवल हस्पिटललाई नै रोजेको बताए ।
दुई संस्थाबीच भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन पाण्डे, जनल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का, बजार प्रमुख सुमन तिमिल्सिना बैंकका बुटवल शाखा प्रमुख विष्णु प्रसाद पोख्रेल, अनिता श्रेष्ठ लगायतको सहभागीता थियो ।
२४ वर्षअघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल अहिले १ सय शैयाका रुपमा सञ्चालनमा रहेको छ । जहाँ आईसीयू, एनआईसीयू, एचडीयूसहितका उपचार कक्षहरु सञ्चालनमा छन् । अस्पतालमा एकपटकमा चारवटा शल्यक्रिया (अपरेशन) गर्न मिल्ने संरचना निमार्ण गरिएको छ । बुटवल हस्पिटलमा चिकित्सक नर्ससहित २ सय ५० जना कर्मचारीहरु कार्यरत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij