२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘एलएसडीटीले लिडर बन्न संस्कार सिकाइरहेको छ’

आइतवार , पौष २१, २०८१

भैरहवा, २१ पुस । नेतृत्वको क्षेत्रमा सफलताका निम्ति नियमित अभ्यास नै मूल मन्त्र रहेको एक तालिम कार्यक्रममा वक्ताहरुले साझा गरेका छन्। लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को १४३ औं श्रृंखलाका प्रमुख अतिथि सामाजिक अगुवा तथा सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले एलएसडीटीले  नियमित अभ्यासको नमूना पेश गरेको बताएका छन । 

उनले भने, ‘एलएसडीटीले नियमित अभ्यास गरेको छ । यसको प्रयासले समाजमा धेरै लिडरहरु उत्पादन भएका पनि छन । ज्ञवालीले थपे, ‘एलएसडीटीले बोल्न लेख्न मात्र सिकाइरहेको रहेनछ । यसले त लिडर बन्न संस्कार सिकाइरहेको छ ।’

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का निवर्तमान अध्यक्ष समेत रहेका ज्ञवालीले आफ्नो व्यवसायिक यात्रा पनि साझा गरेका थिए । ‘मेरो कर्म मेरो खुशी’ विषयमा आफ्ना व्यक्तिगत जीवनका उत्प्रेरित प्रसंग पनि ज्ञवालीले सुनाउनुभएको संगठनका कार्यसमिति सदस्य राम प्रसाद श्रेष्ठले बताए । श्रेष्ठ औपचारिक कार्यक्रमको सञ्चालक पनि थिए ।

कार्यक्रमको अध्यक्ष सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीकी कार्यसमिति सदस्य यमकला न्यौपानेले तालिममा सहभागीलाई धन्यवाद दिइन् । उनले भनिन्, ‘जाडोको मौसममा पनि नियमित अभ्यासका निम्ति बिहानी समय व्यवस्थापन गरेर उपस्थित हुनुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौं ।’ न्यौपाने एलएसडीटीको संस्थापक सदस्य पनि हुन् । कार्यक्रममा उपस्थित सम्पूर्णलाई विद्यालयमा अध्यनरत विद्यार्थी एलएसडीटी युथ सदस्य विराज गौतमले स्वागत गरेका थिए ।

भैरहवास्थित एसियन बुद्ध होटलमा पुस २० गते शनिवार आयोजित तालिम कार्यक्रममा एलएसडीटी युथ संयोजक प्रशान्त ज्ञवालीले सूचना प्रविधिका बारेमा र एलएसडीटी बाल मञ्चका सचिव विधान विजय पाण्डेले बातावरण सन्दर्भमा आफ्नो प्रस्तुति गरेको एलएसडीटी सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले जानकारी दिए ।

WhatsApp Image 2025-01-05 at 9.04.02 PM.jpeg

तालिम ध्यान साधनाबाट प्रारम्भ हुने गर्छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका दिदीले ध्यान गराउनुभएको व्यवस्थापन समिति सदस्य तथा तालिमका प्रारम्भिक सहजकर्ता हरिश सेठियाले बताए । कार्यक्रममा लायन्स लिडर महेश चन्द्र थापाले तालिमको उपयोगिताबारे भनाइ राखेका थिए ।

हरेक शनिबार बिहान ८ बजेदेखि निल्शुल्क सञ्चालन हुँदै आइरहेको तालिमको मुख्य प्रस्तोता विजय पाण्डे हुन् । पाण्डेले विभिन्न विधामा तालिम प्रदान गर्दै आएका छन् ।