२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

ब्रिटिस ग्रामर स्कूलले तेस्रो क्रियटिभ फेस्ट गर्दै

सोमवार , पौष २२, २०८१

भैरहवा, २२ पुस । रुपन्देही ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कूल रुपन्देही (नमस्ते एकडेमीमा)  आगामी माघ १५ र १६ गते क्रियटिभ फेस्ट हुने भएको छ। ‘सोकेसिङ द क्रियटिभिटी’ भन्ने मूल नाराका साथ विद्यार्थीका विभिन्न क्षेत्रमा रहेको सृजनशीलतालाई प्रस्फुटन  गर्ने उद्देश्यले विभिन्न विषयका १३ विधाको महोत्सव  हुने  विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले बताए ।

‘हरेक विद्यार्थीमा फरक फरक किसिमको  सृजनशीलता हुन्छ । यसले विद्यार्थीलाई सृजनशील बनाउँछ’उनले भने, ‘यसै कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो ।’
प्राचार्य बुढाथोकीका अनुसार कार्यक्रममा मूलतः विद्यार्थीको सृजनशीलताको प्रदर्शनी हुनेछ । मुलः रुपमा क्रियटिभ फेस्टमा आर्ट एक्जिबेशन, आर्केड एण्ड एट्रेक्सन, क्राउड डिपार्टमेन्ट, ई स्पोट्र्स, गायन तथा नृत्य, नाटक प्रदर्शन, खाना महोत्सव, हेल्थ एण्ड सेफ्टी, हन्टेड हाउस, क्याफे, प्राइमेरी फेस्ट, रोबोटिक र नर्सरी रहने इभेन्ट सुपरभाइजर तथा विद्यार्थी सुजल बस्यालले  बताए । 

यो ऐतिहासिक  कार्यक्रम  भएकाले सम्पूर्ण क्षेत्रबाट साथ र सहयोगको अपेक्षा  गरिएको  इभेन्ट  म्यानेजर तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी संकल्प पोखरेलले जानकारी दिए ।क्रियटिभ फेस्ट क्रियशनको प्रस्फुटन मात्रै  नभएर विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासको महत्त्वपूर्ण कडी भएको स्पोन्सर म्यानेजर कृतार्थ श्रीवास्तवले बताए । व्यापारिक घराना, उद्योगी –व्यवसायीलाई यो महत्वपूर्ण कार्यक्रममा आफ्नो व्यापार  व्यवसायको प्रबद्र्धनका लागि प्रायोजन गरी सहयोग गरिदिनहुन उनले आग्रह गरेका छन् ।

कक्षा पिजीदेखि १२ सम्मका विद्यार्थीको सक्रिय सहभागीता हुने यो दुईदिवसीय  प्रदर्शनी  पूर्ण रूपमा  मौलिक, सृजनशील र पृथक हुने भएकाले सबैले जिम्मेवारी अनुसार भूमिका निर्वाह गरी भव्य र सभ्य बनाउन लाग्नुपर्ने प्लस टु संयोजक महेश पौडेल, एडमिसन एवं मार्केटिङ म्यानेजर दिनेश चापागाईं र विद्यालयका व्यवस्थापक उमेश कंडेलले बताए ।

क्रियटिभ फेस्ट मूलतः विद्यार्थीको नेतृत्व, आइडिया र व्यवस्थापनमा सञ्चालन  हुने मोफसलको एक मात्रै कार्यक्रम  भएको विद्यालयको दावी छ । यसले विद्यार्थीमा आलोचनात्मक  चेतको विकास गरी समस्या समाधान, उद्यमशीलता, लेखन र भाषण कलाको विकास, जिम्मेवार  र उत्तरदायी  व्यक्तित्व  र सामूहिक सीपको भावना विकास गराउने जानकारी विद्यालयकी निर्देशक पुष्पा कंडेलले विश्वास व्यक्त गरिन् ।

ब्रिटिस ग्रामर स्कूल रुपन्देही नेपालको सबैभन्दा ठूलो शैक्षिक  घराना ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रियस्तरको विद्यालय हो । यो विद्यालयका भगिनी शैक्षिक संस्थाहरु चितवन, पोखरा, काठमाडौ, दुबई,  क्यानाडा  र बेलायतमा रहेको  छ । यस किसिमको अद्वितीय  कार्यक्रम  हेर्न रुपन्देही जिल्ला र बाहिरका शैक्षिक प्रतिष्ठान, संघ–संस्था, व्यापारिक घराना, अभिभावक, विद्यार्थी,  शिक्षासँग सरोकार राख्ने पत्रकार, शिक्षाविद्  सबैलाई निमन्त्रणा गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिए ।