२०८२, चैत्र १६ गते

Mar 30 2026 | २०८२, चैत्र १६ गते

लुम्बिनीमा निर्देशक समितिबाट पास भयो दोस्रो आवधिक योजनाको मस्यौदा

बुधवार , पौष २४, २०८१

  • 604
    Shares
  • 604
    Shares
  • दाङ, २४ पुस । लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिले पास गरेको छ । प्रदेश योजना आयोग निर्देशक समितिको बैठकले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेर विकास परिषद्मा पठाउने निर्णय गरेको हो । 

    ‘पञ्चवर्षिय आवधिक योजना निर्माणको अन्तिम चरणमा पुगेका छौं । विकास परिषद्बाट पारित भएर मन्त्रिपरिषद् बैठकमा पेश हुने छ । त्यहाँबाट स्वीकृत भएपछि आवधिक योजना कार्यान्वयनमा आउनेछ’प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले भने,‘आवधिक योजनाले प्रदेशको समग्र विकासको आधार प्रदान गर्नेछ ।’ 

    निर्देशक समितिको बैठकले तयार भएको आवधिक योजनाको अन्तिम दस्तावेजलाई सल्लाह सुझावलाई समेटेर विकास परिषद्मा पठाउने निर्णय गरेको प्रदेश योजना आयोगका सदस्य डा.सुदनकुमार वलीले जानकारी दिए । आवधिक योजनामा १५ खर्ब बराबरको लगानी प्रक्षेपण गरिएको छ । सार्वजनिक क्षेत्रको ३६ प्रतिशत, निजी क्षेत्रको ६० प्रतिशत र सामुदायिक÷सहकारीबाट ४ प्रतिशत गरी १५ खर्बको लगानीको प्रक्षेपण गरिएको सदस्य वलीको भनाइ छ । 

    संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र लगायत साझेदार संघ संस्थाहरुको सामूहिक लगानीको रुपमा हेरिएको छ । पाँचवर्षे आवधिक योजना अन्तरगत अहिले ८ खर्ब १४ अर्बको कुलग्रास्थ उत्पादन बढेर साढे ११ खर्बमा पुग्ने लक्ष्य निर्धारण गरिएको छ । दोस्रो आवधिक योजना कार्यान्यवनको अन्तिम चरणमा योजना अवधिमा औसत आर्थिक वृद्धिदर ७ दशमलव १६ प्रतिशतले हुने अनुमान गरिएको हो । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को सोच पूरा गर्न आवधिक योजनाले दिशानिर्देश गर्ने विश्वास गरिएको छ । 

    ae217a3a-d134-4419-b983-125705c150f6.jpeg

    प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्यालको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकमा नेपाल राष्ट्र बैंक, तथ्यांक कार्यालय, गैरसरकारी संस्था महासंघ, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ र मन्त्रालयका प्रतिनिधिहरुको सहभागीता थियो ।