
बिहिवार , पौष २५, २०८१
काठमाण्डौं, २५ पुस ।संसदीय समितिले बायुसेवा निगमको व्यवसायीक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्र्टि«य सम्बन्ध तथा पर्यटन समिति बैठकले नेपाल वायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समितिमा पेश गर्न निर्देशन दिएको हो । त्यस्तै बैठकले भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरुबीच सम्झौता, समन्वय एवं पहलकदमी लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ भने निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए ।
बैठकले पर्यटन मन्त्रालयको समग्र नितिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन योग्य कार्ययोजना यथाशिघ्र निर्माण गरि समितिलाई जानकारी गराउन समेत निर्देशन दिएको सभापति यादवले बताए । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखि काम गरेको बताए । उनले नेपाल वायुसेवाको विमान सञ्चान र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको समेत बताए । नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पारे । चाइजिन बिमान किनेर फस्ने काम भएको यसबारे विस्तृत रुपमा अध्ययन गर्नुपर्ने उनले बताए ।
समिति बैठकले देशका बिभिन्न जिल्लाम रहेका निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संशाधनहरुको उपयोग योजना निर्माण गरि यथाशिघ्र कार्यान्वयन गरि सोको जानकारी उपलव्ध गराउन निर्देशन दिएको छ भने निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरि एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न समिति सदस्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij