
बुधवार , माघ २, २०८१
भैरहवा, २ माघ । आइसीएफसी फाइनान्स लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिका–९ गोलीगढस्थित गोलीगढ टोल सुधार समितिमा आबद्ध महिलाहरूका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
श्री भानु माध्यमिक विद्यालयमा भएको कार्यक्रममा भैरहवा शाखा प्रबन्धक प्रभा ज्ञवालीले बैंक तथा वित्तीय क्षेत्रबाट गरिने कारोबारको फाइदाहरूको बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा रूपन्देही क्याम्पसका क्याम्पस प्रमुख पाथ्रिवेन्द्र उपाध्याय, सार्ई ग्लोबल एकेडेमीका प्राचार्य लक्ष्मण ज्ञवाली, भानु माध्यमिक विद्यालयका प्राचार्य मोतीलाल सुवेदी, आइसीएफएसीका क्षेत्रीय प्रबन्धक अमृत शर्मालगायतको उपस्थिति थियो ।
भविष्यका लागि बचतको फाइदाको बारेमा जानकारी गराउने र बैंकिङ कारोबार गर्दा अनलाइन बैंकिङको प्रयोग गर्ने बानी बसाल्ने विषयमा कार्यक्रम केन्द्रीत रहेको आइसीएफसीले जनाएको छ । आइसीएफसी फाइनान्स भैरहवा शाखाका कर्मचारी सुमन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आइसिएफजीका क्षेत्रीय प्रबन्धक अमृत शर्मा लगायतको उपस्थिति रहेको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij