२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

लुम्बिनीमा पर्यटन र उत्पादनलाई प्राथमिकता दिएर कार्यक्रम बनाउनुपर्छ : शंकर पोखरेल

बिहिवार , माघ ३, २०८१

  • 970
    Shares
  • 970
    Shares
  • रुपन्देही, ३ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लुम्बिनी क्षेत्रको समग्र विकास गर्न पर्यटन र उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्ने बताएका छन् ।

    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी लगायतसँगको छलफलमा महासचिव पोखरेलले लुम्बिनीको समग्र विकासको पहिलो आधार पर्यटन भएको र त्यससँग जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न आवश्यक रहेको बताएका हुन् ।

    ‘पर्यटन नै विकासको मूल आधार हो । पर्यटनसँग जोडिएका उत्पादनशील क्षेत्र हस्तकला, पोशाक तथा खानासँग जोडिएका क्षेत्रलाई अघि बढाउन सकिन्छ’उनले भने,‘पर्यटनमैत्री वातावरण निर्माण पनि प्राथमिकतामा पर्न जरुरी छ ।’ लुम्बिनी क्षेत्रकोभित्रको मात्रै विकास भएर नहुने, बाहिरी क्षेत्रको विकासलाई पनि अघि बढाउने गरी विस्तृत गुरुयोजना निर्माण आवश्यक रहेको उनले धारणा राखे ।‘ समग्र लुम्बिनी क्षेत्रको विकासमा आधारित विस्तृत योजना बनाउन जरुरी छ । त्यो योजनाले लुम्बिनीभित्र र बाहिरको क्षेत्रलाई समेट्न सकोस् ।’ 

    लुम्बिनी प्रदेश स्थापना भएपछि अहिलेसम्मको अवधिलाई हेर्ने हो भने लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुको लागि पहिला भन्दा अहिले राम्रो पूर्वाधारहरु निर्माण भएको सुनाए । लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री समेत रहेका पोखरेलले राप्ती उपत्यका देउखुरीको प्रशासनिक केन्द्रको समेत अवलोकन गरेका थिए । 

    वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले पोखरेललाई स्वागत गर्दै प्रदेश प्रशासनिक केन्द्र निर्माणको कामले गति लिएको र समयमै काम सम्पन्न हुने जानकारी दिएका थिए । पार्टी महासचिव पोखरेलसँगै मुख्यमन्त्री आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल लगायत विभिन्न छलफल र भेटमा सहभागी थिए ।

    c70f947d-e460-4646-b6ff-71129fa4cf6c.jpg