२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा प्रदान गर्न छुट्टै कक्ष

बुधवार , माघ ९, २०८१

दाङ, ९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवाको उद्घाटन गरेका छन् । २४ सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराउन छुट्टै कक्षको स्थापना गरिएको हो। दुर्घटना तथा अकस्मात बिरामी परेका व्यक्तिलाई तत्काल उपचार सेवा पुर्‍याउने गरी इमर्जेन्सी सेवा दिन थालिएको छ । अहिले गढवामा १५ बेडको आधारभूत अस्पताल निर्माण भइरहेको छ ।

अस्पताल निर्माण सम्पन्न भएर सेवा दिन थाले स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे । ‘यहाँ अस्पताल बन्दैछ । यो बन्यो भने उपचारका लागि टाढा जानुपर्दैन’उनले भने,‘उपचार सेवालाई प्रभावकारी बनाउदै सबैको पहुँचमा पुर्‍याउन सरकारले ध्यान दिएको छ ।’ 

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउन छुट्टै कक्षको स्थापना गरिएको र सेवा विस्तार गरिएको बताए । स्वास्थ्य चौकीबाट अहिले प्रसूति सेवा, भिडियो एक्स–रे, एक्स–रे लगायत सामान्य शल्यक्रिया र ल्याबसहितको सुविधा प्रदान गर्दै आएको छ ।