२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवा तेक्वान्दो क्लबद्वारा उपचारका लागि आर्थिक सहयोग

बुधवार , माघ ९, २०८१

भैरहवा, ९ माघ । भैरहवा तेक्वान्दो क्लबले उपचारका लागि आर्थिक सहयोग गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय आनन्द मल्लाहको उपचारका लागि सहयोगवापत रु. ५० हजार १ सय रुपैयाँ प्रदान गरिएको क्लबका सचिव प्रकाशमान राजभण्डारीले बताए । बिरामी भइ उपचार गराइरहेका आनन्दको उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको उनले बताए।

मंगलबार क्लबको कार्यालयमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख तथा भैरहवा तेक्वान्दो क्लबकी संस्थापक अध्यक्ष उमा अधिकारीले आनन्दकी बहिनी प्रिया मल्लाहलाई चेक हस्तान्तरण गरेकी हुन् । 

क्लबका सचिव प्रकाशमान राज भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा (एमाले) रुपन्देही जिल्ला सदस्य कृष्ण मल्ल ठकुरी, क्लबका संस्थापक उपाध्यक्ष तथा एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापा, क्लबका उपाध्यक्ष प्रितम पुन, कोषाध्यक्ष दीपक न्यौपाने, सदस्यहरु अर्जुन क्षेत्री, हिरालाल कोहार, सरस्वती शाही, पुजा तुराहा, विकास बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

Guillian Barrre Syndrome–Aman Variant नामक रोग लागी गम्भिर बिरामी भइ उपचाररत आनन्द मल्लाहको उपचारका लागि सहयोग गरिएको क्लबले जनाएको छ । मल्लाह परिवारको आर्थिक अवस्था कमजोर भएको र आनन्दको आमा–बुवाले किराना पसल सञ्चालन गरेर परिवारको घरखर्च चलाइरहेका छन् ।

आनन्दको उपचारका लागि सहयोग गर्न चाहने जोसुकैले मोबाइल नम्बर ९८१७५७५१६४ मा सम्पर्क गरेर, ई–सेवा नम्बर ९८१७५७५१६४ वा उनको बहिनी नन्दनी मल्लाहको नाममा एनआईसी एसिया बैंकमा रहेको खाता नम्बर ०६१५७५३२५४७६५००१ मा रकम जम्मा गर्न सकिने मल्लाह परिवारले जनाएको छ । आनन्द तेक्वान्दो खेलाडी समेत हुन् ।