
बिहिवार , माघ १०, २०८१
रुपन्देही, १० माघ । माघ ७ गतेदेखि रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा सुरू भएको महायज्ञमा आर्थिक सहयोग गर्ने दाताहरुको संख्या बढ्दै गएको छ । महायज्ञमा तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि मनकारी दाताहरुले दान गरेर सहयोग प्रदान गरिरहेका छन् । महायज्ञमा प्रसिद्ध कथा वाचक भागवत् भाष्कर कमलनयन गौतमले महायज्ञमा निःशुल्क कथावाचन गरिरहेका छन् ।
बुधबार महायज्ञको तेस्रो दिन बुटवल उपमहानगरपालिका–९ निवासी आश्रमका अभिभावकद्वय लोकनाथ घुसाल र आशा शर्माले आश्रमको भवन स्तरोन्नतिका लागि ५ लाख ५ हजार ५ सय १५ रूपैयाँ दान गरेका हुन् । त्यस्तै तिलोत्तमा नगरपालिका–५ मणिग्राम निवासी श्यामकला पाण्डे र पुरूषोत्तम पाण्डेले महायज्ञमा ५१ हजार १ सय रूपैयाँ, वर्षा भुसालले २२ हजार २ सय ७९ रूपैयाँ दान गरेका छन् ।
तिलोत्तमा नगरपालिका–८ निवासी चिन्तामणी चाालिसेद्वारा भवनको स्तरोन्नतिको लागि २१ हजार १० रूपैयाँ दान भएको हो । तिलोत्तमा नगरपालिका–५ मणिग्राम निवासी टीकाराम भण्डारी एन्ड न्यू दुर्गा फेन्सीले भवन स्तरोन्नतीका लागि १६ हजार १ सय २५ रूपैयाँ र अक्षयकोष सहयोगार्थ १७ हजार १ सय २५ रूपैयाँ दान गरेका छन् ।
त्यस्तै शिवशक्ति आमा समूहद्वारा भवन निर्माणका लागि १८ हजार ६ सय योगदान भएको छ । तिलोत्तमा–१ निवासी पूर्णकला खत्री र ओमकुमारी खत्रीले ११ हजार १ सय ११ रूपैयाँ र पूर्णकला पाण्डेले ११ हजार ११ रूपैयाँ महायज्ञमा दान गरेका छन् ।
धनगढी निवासी चन्द्रादेवी पनेरूले स्वर्गीय पति जगतनाथ पनेरूको स्मृतिमा भवन स्तरोन्नतिमा सहयोग गर्ने उद्देश्यले ५ हजार ५ सय ५५ रूपैयाँ योगदान गरेकी छन् । तिलोत्तमा–५ मणिग्राम निवासी भिमा भण्डारी र यज्ञ भण्डारीले ५ हजार ५ रूपैयाँ दान गरेका छन् । जानुका गैरे बस्यालले ५ हजार ५ सय ५५ रूपैयाँ दान गरेका छन् । तिलोत्तमा १ निवासी गिता घिमिरेले ५ हजार १ सय १० रूपैयाँ, कल्पना रोक्काले ५ हजार ५ सय रूपैयाँ र पवित्रा गौतमले २ हजार ५ सय ५ रूपैयाँ दान गरेका छन् ।
महायज्ञमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भइरहेको योग शिविरमा ललित शंकर योगीले प्रशिक्षण गरिरहेका छन् । बुधबार ८ बजेदेखि १० बजेसम्म विद्यार्थीहरूको माझ आश्रमले आयोजना गरेको सकारात्मक सोच तथा मानवता प्रर्वद्धन प्रेरणादायी कार्यक्रम अन्तर्गत रमन भट्टराईले सहजीकरण गरेका थिए । जसमा श्री जनता माध्यमिक विद्यालय, श्री जनज्योति माध्यमिक विद्यालय, तिलोत्तमा कलेज र गिर्वाण सरस्वती संस्कृति तथा साधारण माध्यमिक विद्यालयका विद्यालयहरूसँगै शिक्षकहरूको समेत उपस्थिति थियो ।
मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आयोजना गरेको हो । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम (प्रदर्शनी हुने स्थान) सोमबारदेखि सुरू भएको महायज्ञ माघ १४ गतेसम्म सञ्चालन हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij