२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मानवसेवा आश्रमको महायज्ञ : दुई करोड सहयोग गर्ने लायन्स नेपालको प्रतिवद्धता

शुक्रवार , माघ ११, २०८१

रूपन्देही, ११ माघ । मानवसेवा आश्रमको लुम्बिनी प्रदेश रुपन्देही शाखा स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू भएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा दान गर्ने दाताहरूको भीड लागेको छ । महायज्ञको चौथो दिन बिहीबार मौसम प्रतिकूल रहे पनि दाताहरूको सहभागीतामा भने कमी आएन ।

महायज्ञमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ पी नेपालको तर्फबाट हंगर रिलिफ प्रोग्राम अन्तर्गत किचन डाइनिङ प्रोजेक्टका लागि १ लाख ५० हजार डलर अर्थात नेपाली रुपैयाँ २ करोड ७ लाख रुपैयाँ सहयोग दिने प्रतिवद्धता व्यक्त गरिएको छ । 

क्लबको तर्फदेखि डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, फस्ट भाइस डिष्ट्रिक गभर्नर  बालाराम भट्टराई, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर सन्दीप कशौधनले प्रतिवद्धता व्यक्त गरेका हुन् । त्यस्तै बुटवल उपमहानगरपालिका–८ निवासी सोमबहादुर आलेले महायज्ञमा ५ लाख  ११ हजार १ सय ११ रूपैयाँ आश्रमको एक कोठा निर्माणका लागि दान गरेका थिए । तिलोत्तमा नगरपालिका–५ रूपन्देही निवासी हरिप्रसाद कंडेल र यशोदा कंडेलले १ लाख १ हजार १ सय ५ रूपैयाँ दान गरेका थिए ।

महायज्ञमा चिन्तामणि पाण्डेले ६४ हजार १ सय १ रूपैयाँ, माँ कामाख्यादेवी धाम फाउण्डेसनले १५ हजार ५ रूपैयाँ, गंगा अर्याले १० हजार रूपैयाँ, भीमकला भण्डारीले २ हजार ५ सय ५० रूपैयाँ, तुल्सा पाण्डेले १५ हजार १ सय ५ रूपैयाँ, रेनुका श्रीस ५ हजार २५ रूपैयाँ, छलिदेवी भण्डारी ५ हजार ५१ रूपैयाँ, नारायणी गौतम भुसालले ५ हजार १ सय ५ रूपैयाँ, वसन्ती पोखरेलले ५ हजार ५ रूपैयाँ, गिरिनाथ शर्मा  र कोपिलादेवी पाण्डे केसीले २ हजार ५ सय ५ रूपैयाँ, पण्डित प्रेमचन्द्र न्यौपाने र क्षमादेवी तथा परिवारको तर्फबाट ११ हजार रूपैयाँ योगदान भएको थियो । 

रिता पाठक र यमकला न्यौपानेले  ५ हजार १ सय ५ रूपैयाँ, रेनु भट्टराइ (डुम्रे) र प्रेम डुम्रेले ५ हजार १ ५१ रूपैयाँ, दयाराम पाठक २५ हजार १ सय रूपैयाँ, कुसुमदेवी प्रधानले  ३ हजार २५ रूपैयाँ, प्रेमकला पाठकले १६ हजार ५० रूपैयाँ, क्यापटेन खेमनारायण काफ्ले र मुक्ता काफ्लेले ६ हजार ५ सय रूपैयाँ भवन स्तरोन्नतिका लागि दान गरेका थिए ।

त्यस्तै रूपन्देही क्षेत्रमा रहेका आमा समूहहरूको महायज्ञमा उल्लेखनीय सहभागिता रहेको थियो । आमा समूहहरुले पनि दान गरेका थिए । मगर एकता आमा समूहले १५ हजार ७ सय ३० रूपैयाँ, सिद्धार्थ आमा समूहले ७ हजार ३५ रूपैयाँ, पशुपति आमा समूहले ५ हजार २५ रूपैयाँ, गौतम आमा समूहले ११ हजार, १११ रूपैयाँ, तिलोत्तमा नारी जागरण समूह (शान्ति दुर्गा मन्दिर) ५ हजार १ सय ५ रूपैयाँ, सिद्धबाबा धाम भजनकिर्तन उपसमितिले १५ हजार ६ सय ५५ रूपैयाँ महायज्ञमा दान गरेका थिए ।

त्यसै गरी कृष्णप्रसाद भण्डारी र यमकला भण्डारीले ५ हजार १ सय रूपैयाँ, सुनिता अर्यालले ३ हजार १ सय रूपैयाँ, लक्ष्मी÷रामचन्द्र खरेलले ५ हजार १ सय ५१ रूपैयाँ, लुम्बिनी कृषि उपज थोक प्रा.लि.ले १५ हजार ५ रूपैयाँ र बेदप्रसाद÷ अम्बिका अर्यालले ५ हजार, ५ सय ५१ रूपैयाँ दान गरेका थिए ।

त्यस्तै महायज्ञमा तिलोत्तमा–१ निवासी आत्मराम÷हरिकला पाण्डेले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, तिलोत्तमा–५ निवासीद्वय नारायणप्रसाद रेग्मी र नारायण÷कमला कँडेलले  १ लाख ११ हजार १ सय ११ रूपैयाँ योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि र आश्रमलाई सहयोग पुर्याउने दाताहरूलाई कृतज्ञता ज्ञापन गर्ने उद्देश्यले समेत महायज्ञको आयोजना गरिएको बताइएको छ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम सिद्धार्थ राजमार्गसँगै प्रदर्शनीस्थलमा माघ ७ गते सुरू भएको महायज्ञ १४ गतेसम्म सञ्चालन हुनेछ ।