२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

बेलहिया गाउँ समाजद्वारा विद्यालयलाई आर्थिक सहयोग

शनिवार , माघ १२, २०८१

  • 775
    Shares
  • 775
    Shares
  • भैरहवा, १२ माघ । बेलहिया गाउँ समाजले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । समाजले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित श्री बेलहिया माध्यमिक विद्यालयलाई रु. ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेको हो । विद्यालयको स्वर्ण जयन्ती महोत्सवको अवसरमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको समाजका अध्यक्ष सुमित प्रधानले बताए ।

    समाजले रु. ५५ हजार ५ सय ५५ रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने र विद्यालयको प्रधानाध्यापक बिना भण्डारीलाई हस्तान्तरण गरेको हो । 

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खान, सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेल, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी, भन्सार एजेण्ट महासंघ नेपालका अध्यक्ष प्राचिन कुमार थैव, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थी, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव कृष्ण प्रसाद घिमिरे, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका सभापति राकेश गुरुङ, समाजसेवी सुमन शर्मा, अर्जुन कुमार गिरी, माधव शर्मा लगायतको उपस्थिति रहेको थियो ।