२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा रक्तदान, ७३ यूनिट संकलन

शनिवार , माघ १२, २०८१

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १२ माघ । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रुपन्देहीको भैरहवामा रक्तदान कार्यक्रम गरिएको छ । भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही र नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरले उक्त कार्यक्रम गरेको हो ।

    राष्ट्रिय वाणिज्य बैंक लि., अन्नपूर्ण टर्मिनल्स प्रा.लि., नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाको सहयोगमा शुक्रबार भैरहवा भन्सार कार्यालय बेलहियामा भएको रक्तदानमा ७३ यूनिट संकलन भएको भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थीले बताए ।

    भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल, भन्सार एजेण्ट महासंघ नेपालका अध्यक्ष प्राचिन कुमार थैव, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका सभापति राकेश गुरुङ, कार्यक्रम संयोजक प्रकाश गिरी, प्रकाश पौडेल लगायतले बोलेका थिए ।