२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भन्सारलाई प्रविधि र पूर्वाधारयुक्त बनाउनुपर्नेमा जोड

सोमवार , माघ १४, २०८१

भैरहवा, १४ माघ । प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिले नेपालका भन्सारलाई प्रविधि र पूर्वाधारयुक्त बनाउनुपर्नेमा जोड दिएको छ ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार नाकालाई थप व्यवस्थीत गर्दै भन्सार कार्यालयहरुलाई प्रबिधि र पुर्वाधारयुक्त बनाउनु पर्नेमा जोड दिए। उनले अब बन्ने भनसार विधेयकमा सबैका सुझाव सुन्दै समयसापेक्ष कानुन निर्माण गर्नेमा जोड दिए । उनले कानून जस्तो कुरा पटकपटक नबन्ने हुँदा भन्सार विधेयकलाई धेरै सोचविचार गरेर मात्र अगाडी बढाइने उल्लेख गरे ।

समितिका सदस्य सूर्य थापाले भन्सारलाई पेपरलेस र फेसलेस बनाउने गरी कानून निर्माण गर्नुपर्ने सुझावहरु प्राप्त भएको बताउदै प्रबिधिमैत्रि बनाउनु पर्नेमा जोड दिए । भन्सार विधेयक संशोधनको लागि संसदमा पेश भएको उल्लेख गर्दै उनले अर्थ समिति सरोकारवालाको सुझाव लिन सीमा नाकाहरुमा पुगेको बताए ।  

सिमानाकामा चोरी निकासी पनि मूख्य समस्याको रुपमा देखिएको बताउदै सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले बिशेष ध्यान दिनु पर्ने बताए ।

अर्थ समितिका अर्का सदस्य गंगा कार्कीले विधेयकलाई जनता र राज्यको हितसँगै अर्थतन्त्रको अधिकतम हित हुने गरी बनाउने पक्षमा रहेको बताए । कार्कीले नियम कानून र व्यवहारिक समस्या रहे पनि भन्सारको मूख्य समस्या प्रविधि नै रहेको उल्लेख गरे ।