२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुकुमको आठविसकोटमा एनएमबी बैंकको नयाँ शाखा

मंगलवार , माघ १५, २०८१

– अर्जुनदृष्टि 
बुटवल, १५ माघ । एनएमबी बैंकको रुकुम आठविसकोटमा नयाँ शाखा उद्घाटन भएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै आठविसकोटमा बैंकको २ सय २ औं शाखा एक समारोहकाबीच औपचारिक सञ्चालनमा आएको हो । आठविसकोट गाउँपालिका अध्यक्ष रवि केसी र एनएमबी बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

FB_IMG_1737998269562.jpg

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रवि केसीले एनएमबी बैंकले आठविसकोट गाउँपालिकालाई छनौट गरेर नयाँ शाखा स्थापना गरी वित्तीय सेवा शुभारम्भ गरेको भन्दै खुसी व्यक्त गरे । उनले बैंकको शाखा सञ्चालनले यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले एनएमबी बैंकले एक उत्कृष्ट बैंकको रुपमा वित्तीय सेवा दिदै आएको बताए । एनएमबी बैंक आम नागरिक, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायको रोजाइको बैंक रहेको उनले जानकारी दिए । उनले बैंकको स्थापना कालदेखि नै भ्यालु बेस, सुशासन, नागरिकमैत्री बैंकको रुपमा सेवा दिदै आएको बताए ।

बैंकको लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले रुकुमको आठविसकोट गाउँपालिकाका जनताको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले बैंकको शाखा सञ्चालनमा ल्याएको उल्लेख गरे । उनले एनएमबीले आधुनिक, सहज, सरल र छिटोछरितो बैंकिङ सेवाबाट यस क्षेत्रका नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले बैंक आम नागरिकको विश्वासबाट सञ्चालन हुने भएकोले एनएमबीले सदैव नागरिकको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गरिरहेको बताए । सुदृढ, सुरक्षित वित्तीय सहयोगीको रुपमा बैंकहरुले काम गर्ने भएकोले सबै सरोकारहरुको साथ र सहयोग सदैव आवश्यक हुने उनले बताए ।

बैंकको लुम्बिनी प्रदेश सिनियर एरिया म्यानेजर मेघराज तिम्सिनाले स्थानीय उद्दम प्रवद्र्धन, स्थानीय उत्पादन, स्थानीय स्रोतसाधनको उपयोगको लागि वित्तीय सहकार्य गर्न रुकुमको ग्रामीणस्थल आठविसकोटमा शाखा खोलिएको बताए ।

बैंकको आठविसकोट शाखा प्रबन्धक विवश घिमिरेले गाउँपालिकाबासीलाई गुणस्तरीय बंैकिङ सेवा दिन आफूहरु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । सुरक्षित रूपमा बचत राख्ने, सरल कर्जा लगायतका सम्पूर्ण आर्थिक कारोबार ढुक्क भएर एनएमबी बैंकबाट गर्न सबैलाई आग्रह गरे ।

आठविसकोट गाउँपालिकाका अध्यक्ष रवि केसीको प्रमुख आतिथ्यता, एनएमबी बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीको स्वागत तथा लुम्बिनी प्रदेश एरिया एकका सिनियर एरिया म्यानेजर मेघराज तिम्सिनाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

FB_IMG_1737998289832.jpg

कार्यक्रममा गाउँपालिकाका अन्र्तगत सम्पूर्ण वडाका वडाअध्यक्षहरु, आठविसकोट उद्योग वाणिज्य संघका अध्यक्ष  दिनेश चन्द, ईलाका प्रहरी प्रमुख, एनएमबी बैंक शाखा प्रबन्धक तथा कर्मचारी तथा स्थानीयको उपस्थिति थियो ।

एनएमबी बैंक विगत २७ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबी दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित बैंक हो । 

यो बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरी २०२ शाखाहरु, १३८ एटीएम र १२ एक्सटेन्सन काउण्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।