२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

योजना कार्यान्वयनमा देखिएको विकृति रोक्न प्रदेश सरकार निर्मम : मुख्यमन्त्री आचार्य

बिहिवार , माघ १७, २०८१

  • 682
    Shares
  • 682
    Shares
  • कपिलवस्तु, १७ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्यवनमा देखिएको विकृतिलाई अन्त्य गर्न प्रदेश सरकार निर्मम बनेर अघि बढेको बताएका छन् । कपिलवस्तुस्थित आनन्दनगरमा मदन आश्रित स्मृति भवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले योजना छनोट गर्ने, कार्यान्वयनमा देखिएको विकृति अन्त्य गर्न टुक्रे योजना निरुत्साहित गर्ने, पाँचलाख भन्दा माथिका योजना कार्यान्वयनमा प्रतिष्पर्धा गराउने निर्णय गरिएको स्पष्ट पारेका छन् ।

    उपभोक्ता समितिको नाममा योजना कार्यान्वयनमा देखिएको विकृतिलाई रोक्न प्रदेश सरकार निर्मम बनेको छ’उनले भने–‘सरकारले सबै खाले विकृतिलाई निरुत्साहित गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।’ सुशासन कायम गर्न भ्रष्टाचारविरुद्धको अभियानलाई प्राथमिकतामा राखेको उनले बताए ।

    ‘सरकारले सुशासन कायम गर्ने बिषयलाई आफ्नो प्राथमिकतामा राखेर अघि बढिरहेको छ । प्रदेश सरकार जनताको भरोसाको केन्द्र बन्न सफल भएको छ । प्रदेश स्थापनाले जनताको समस्यालाई नजिकबाट सम्बोधन गर्न सफल भएको छ’उनले भने–‘खर्च कटौतीलाई प्राथमिकतामा राखेर काम गर्दा राम्रो सन्देश प्रवाह भएको छ ।’

    त्यस्तै संघीयतालाई बलियो र स्थापित गर्न तीनै तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्व कायम गरी अघि बढ्नु नै आजको आवश्यकता भएको मुख्यमन्त्री आचार्यले बताए । 

    एक करोडको लगानीमा मदन आश्रित स्मृति भवन निर्माण सुरु भएको हो । एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भवन शिलान्यास कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाल (एमाले) कपिलवस्तु जिल्ला इञ्चार्ज गिरिधारीलाल न्यौपाने लगायतले सम्बोधन गरेका थिए ।