२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

तस्करको कब्जामा तिनाउ नदी, नदीजन्य पदार्थको अवैध उत्खनन् गर्दै चोरी

शुक्रवार , माघ १८, २०८१

भैरहवा । रुपन्देहीको तिनाउ नदिबाट नदिजन्य पदार्थको चोरी निकासी व्यापक रुपमा बढेको छ । स्थानिय सरकारको राजश्व संकलनको प्रमुख श्रोतको रुपमा रहेको नदीजन्य पदार्थको चोरी निकासीका लागि स्थानिय गिरोह नै सक्रिय रहेको पाईएको छ । 

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ र ७ मा पर्ने कनरी र भर्तापुर नाकाबाट व्यापक रुपमा नदीजन्य पदार्थको चोरी भएको हो । कनरी र भर्तापुर नाका जस्तै तिनाउ खोलामा पर्ने अन्य दर्जनौ स्थानबाट नदीजन्य पदार्थको अबैध उत्खनन् गर्दै चोरी निकासी हुने गरेको छ । स्थानिय तस्करहरुले नदीलाई कब्जामा लिएर नदीजन्य पदार्थको दोहन गर्ने गरेका छन्  । 

स्थानिय सरकारको राजश्व संकलनको प्रमुख श्रोतको रुपमा रहेको नदीजन्य पदार्थको अबैध उत्खनन् गर्दै चोरी निकासी गर्दा एकातर्फ स्थानिय सरकारको लाखौ राजश्व गुमेको छ भने अर्को तर्फ नदी संरचनामा समेत असर पुगेको छ । तिनाउ नदिमा स्थानिय नागरिकलाई प्रयोग गरेर नदीजन्य पदार्थको चोरीमा सक्रिय गिरोहले अबैध रुपमा उत्खनन् गर्दै रातारात खोला र उकास क्षेत्रबाट चोरी निकासी गरिरहेको स्थानियको आरोप छ । स्थानिय लेखराज लोधले स्थानिय सरकार र प्रहरी प्रशाशनलाई चुनौती दिदै नदीबाट बालुवा चोरी हुने गरेको बताए । उनले प्रहरी प्रशाशन र पालिकाबाट आउदासम्म चोरी गरेर भाग्ने गरेको बताए । 

WhatsApp Image 2025-01-31 at 9.54.21 AM.jpeg
रुपन्नदेहीकाे तिनाउ नदीबाट नदीजन्य पदार्थ निकालिए पछिकाे अबस्था ।  

तिनाउ खोलामा सियारी ३ र ७ मा पर्ने कनरी र भर्तापुर नाकामा ठुला ठुला खाल्डा पारेर बालुवा चोरी गर्ने गरेका छन्। नदीजन्य चोरीमा सक्रिय गिरोहले प्रहरी प्रशाशनलाई चुनौती दिदै दिनरात चोरी गर्ने गरेका छन् । 

सियारी गाउँपालिकाले दुई वटा नाकामा अनुगमन गर्दै दुवै नाकाबाट व्यापक मात्रामा नदीजन्य पदार्थको चोरी भएको पाईएको हो । तस्करहरूले नदीको छेउ देखि वीचसम्म ठुलै पोखरी आकार बनाएर नदिजन्य पदार्थ चोरी गरिरहेको फेला परेपनि अनुगमन टोली पुग्दा तस्करहरू भने भागिसकेका थिए ।

सियारी गाउँपालिकाका उपाध्यक्ष तारा थारुले  नदिबाट अवैध रुपमा उत्खनन गर्नेहरू विरुद्ध बिशेष अप्रेसन चलाईने बताउदै चोरी निकासी गर्ने व्यक्तिलाई कडा कानुनी कार्वाहीमा जाने बताईन् । नदीबाट नदीजन्य पदार्थको चोरी निकासी बढ्दा सरकारको राजश्व गुम्नुका साथै प्राकृतिक रुपमा समेत नदीमा ठुलो क्षती पुगेको बताईन । 

WhatsApp Image 2025-01-31 at 9.53.53 AM.jpeg
रुपन्नदेहीकाे तिनाउ नदी। नदीजन्य पदार्थ निकाली तस्कर भागेपछिकाे अबस्था । 

कानूनविपरीत खोला तथा नदीबाट उत्खनन् भइरहेका रोडा, ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने व्यक्ति तथा समुहको खोजी गरी कडा कानुनी कार्वाहीमा जानु पर्ने उनको भनाई छ । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले नदी दोहन गरेर नदीजन्य पदार्थको चोरी निकासी गर्ने व्यक्ति तथा समुहको खोजी भईरहेको बताए । नदीजन्य पदार्थको शंरक्षणका लागि स्थानिय सरकारसंगै मातहतको प्रहरी युनिट पनि जिम्मेवार बन्नु पर्ने बताउदै काम गर्न नसक्ने प्रहरीलाई पनि कानुनको दायरामा ल्याएर कार्वाही थाल्ने बताए । 

व्यक्तिको घर चोरी हुनु र सार्वजनिक सम्पत्ति चोरी हुनु प्रहरी प्रशाशनका लागि एउटै हो, त्यसैले सार्वजनिक सम्पत्तिको शंरक्षणमा जिम्मेवार भएर लाग्न निर्देशन दिएको छु, प्रजिअ घिमिरेले भने काम गर्न नसक्ने प्रहरी कार्वाही भोग्न तयार हुन्छन् ।