२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

चेम्बर अफ कमर्स रुपन्देहीका पूर्वअध्यक्षहरु सम्मानित

मंगलवार , माघ २२, २०८१

भैरहवा, २२ माघ । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ । संस्थाको १९ औं स्थापना दिवसको अवसरमा सिद्धार्थनगर-९ उदयपुरस्थित कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा संस्थापक अध्यक्ष मनिष कुमार जोशी, पूर्वअध्यक्ष खिम बहादुर खत्री, नारायण प्रसाद भण्डारी र निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवाली रहेका छन् । त्यस्तै कार्यक्रममा संस्थाका संस्थापक सदस्य मधुसुदन अर्याल र उषाकिरण गुरुङलाई पनि सम्मान गरिएको थियो ।

IMG_3530.JPG

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष जोशीले ६ जनाबाट सुरु भएको यो संस्था धेरै संघर्षका साथ यहाँसम्म आइपुगेको बताए । उनले संस्थामा पुरानालाई पनि समेट्नुपर्नेमा जोड दिए । पूर्वअध्यक्ष खत्रीले संगठनमा योगदान दिने सबैलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले राम्रा कामलाई निरन्तरता दिनुपर्ने बताए । पूर्वअध्यक्ष भण्डारीले अफ्ठयारो अवस्थामा संस्था स्थापना भएको बताए । आफ्नो कार्यकालमा भवन निर्माण भएको भन्दै उनले समाजमा राम्रो काम गर्दा खुट्टा तान्ने प्रवृत्ति रहेको बताए ।

निवर्तमान अध्यक्ष ज्ञवालीले संस्थालाई अघि बढाउन टीमवर्क आवश्यक रहेको बताए । उनले संस्थालाई अगाडि बढाउने क्रममा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठको स्वागत तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।