
बुधवार , माघ २३, २०८१
भैरहवा, २३ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अव्यवस्थित पोलहरु व्यवस्थित गर्न नेपाल दूरसञ्चार कार्यालय भैरहवा (नेपाल टेलिकम) लाई पत्राचार गरेको छ । नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले बुधबार कार्यालयलाई पत्र लेखी अव्यस्थित पोलहरु र तार व्यस्थित गर्न आग्रह गरेका हुन् ।
खास गरी भैरहवाको मिलनचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म रहेका दूरसञ्चार कार्यालय अन्तरगतका पोल र तार अव्यस्थित हुँदा सर्वसाधारण, सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको र दुर्घटना समेत गराएको उल्लेख गर्दै नगरप्रमुख खाँले अव्यस्थित र खियाका कारण कमजोर अवस्थामा रहेका पोलहरु ढल्लने अवस्थामा समेत रहेको पत्रमा उल्लेख गरेका छन् ।
त्यस्ता पोलहरुले दुर्घटना निम्त्याउने तथा यत्रतत्र झुण्डिएका तारहरुले नगरको सुन्दरीकरणमा समेत नकारात्मक प्रभाव पारेको हुँदा यथाशिघ्र व्यवस्थित गर्न दूरसञ्चार कार्यालयलाई आग्रह गरिएको मेयर खाँले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij