
शनिवार , माघ २६, २०८१
भैरहवा, २६ माघ । विगत लामो समयदेखि बिरामी भइ थला परेका राजेन्द्र कोइरीको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपील गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित बुद्धकलोनी बस्दै आएका ४० वर्षिय राजेन्द्रको उपचारका निम्ति सहयोगका लागि परिवारले याचना गरेको हो ।
बिरामी भइ थला परेका छोरा राजेन्द्रको उपचारका लागि सहयोग गर्न उनकी आमा नर्मदा कोइरीले अपील गरेकी छन् । ‘छोरा बुढेसकालको सहारा बन्ला भनेको भनेर सपना देखेको थिएँ, तर त्यो सपना मात्रै भयो , बस्नका लागि एकजना स्थानीयले कोठाले उपलब्ध गराउनुभएको छ, उहाँले बस्नका लागि कोठा उपलब्ध गराउनुभएकै कारण बस्न पाएका हौं, छिमेकीहरुले खानेकुरा दिनुहुन्छ, त्यसैबाट बिहान–साँझको छाक टारेका छौं, उनले भनिन्–छोरालाई अस्पतालमा लग्न पाए रोगको पहिचान हुन्थ्यो, खान त पुगेको छैन, उपचार कसरी गराउने ? करिब १० वर्षदेखि छोरा राजेन्द्र बिरामी रहेको उनले बताइन् । परिवारका अनुसार बिरामी भएका राजेन्द्र हिड्डुल गर्न सक्दैनन् ।
आफ्नो परिवारको आर्थिक अवस्था निकै कमजोर भइ छोराको उपचार गराउन नसक्ने समस्या परेकोले आवश्यक सहयोग गर्न सबैसमक्ष उनले आग्रह गरेकी हुन् । कोइरी परिवारको आर्थिक अवस्था कमजोर भएको र जीविकोपार्जन गर्न समेत समस्या भएको रहेको स्थानीय सन्दिप कसौधनले बताए ।
राजेन्द्रको उपचारका लागि सहयोग गर्न चाहने जोसुकैले मोबाइल नम्बर ९८११४९१०१९ मा सम्पर्क गरेर वा नर्मदा कोइरीको नाममा एनआईसी एसिया बैंक (भैरहवा शाखा) मा रहेको खाता नम्बर ०६१५७५२८७३८११० मा रकम जम्मा गर्न सकिनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij