२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा सञ्चालनमा आयो ‘सनराईज ज्वलेर्स’

बिहिवार , फाल्गुण ८, २०८१

भैरहवा, ८ फागुन । रुपन्देहीको भैरहवामा ‘सनराईज ज्वलेर्स’ सञ्चालनमा आएको छ । भैरहवास्थित मिलनचोक (गल्लामण्डी) मा स्थानीय सदानन्द गिरी र विशाल सोनीले ६० लाखको लगानीमा सनराईज ज्वलेर्स सञ्चालनमा ल्याएका हुन् ।

उक्त व्यवसायिक प्रतिष्ठानको बिहीबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।

IMG_4045.JPG

सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले पर्यटकीय, औद्योगिक, व्यवसायिक नगरी भैरहवामा शुभारम्भ भएको ‘सनराईज ज्वलेर्स’ को व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । उनले अहिलेको आर्थिक मन्दीकाबीच यहाँका युवा व्यवसायीले हिम्मतका साथ ज्वेलर्सको सुरुवात गर्नु प्रशंसनीय रहेको बताए । उनले गुणस्तरमा विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गरे । ‘बहुमूल्य गरगहनामा मिसावटको कुरा पनि आइरहेको छ, शुद्धतामा विशेष ध्यान म यहाँहरुलाई आग्रह गर्दछु, ’उनले भने ।

सनराईज ज्वलेर्सको उद्घाटन कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष कमल प्रसाद मरासिनी, कार्यसमिति सदस्य प्रमोद रिजाल, कमल ज्ञवाली, कैलाश गुप्ता, जयसवाल सेवा समिति रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

‘सनराईज ज्वलेर्समा स्वदेशी तथा विदेशी डिजाइनका गरगहना अर्डर अनुसार दक्ष कारिगरद्वारा बनाइनुका साथै सट्टीपट्टी पनि गरिने सञ्चालकले जनाएका छन् । नेपालमै केही गरौं भन्ने सोचका साथ व्यवसाय सञ्चालनमा ल्याएको उनीहरुको भनाइ छ ।

IMG_4057.JPG