२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अर्थमन्त्री पौडेल पुनः नियमित काममा

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं, ११ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबार (आज) देखि  अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् । फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए । 

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज हुनु भएको थियो । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए ।