२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्ने प्रयोजनार्थ तीन सदस्यीय समिति गठन

सोमवार , फाल्गुण १२, २०८१

 काठमाडौं, १२ फागुन । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ । 
उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन भएको हो ।

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको भएको समितिमा अर्थ मन्त्रालयका सह–सचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल छन् ।