२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा सपथग्रहण

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं, १३ फागुन । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको सपथ .ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल समझ सपथ लिएका छन् ।

उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेश कुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिएका थिए । ओझालाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।