२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

होटल पौवामा ‘शिवरात्री विशेष भजन साँझ’ सम्पन्न

शुक्रवार , फाल्गुण १६, २०८१

भैरहवा, १६ फागुन । नेपाली संस्कृति र परम्परा संरक्षणका लागि भन्दै विभिन्न चाडपर्वमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको होटल पौवाले रुपन्देहीको भैरहवासहित १७ वटै शाखामा ‘शिवरात्री विशेष भजन साँझ कार्यक्रम’ गरेको छ । महाशिवरात्री पर्वको अवसर पारेर पौवाले आफ्ना ग्राहक र शुभचिन्तकहरुलाई शिव प्रसाद वितरणसहित कार्यक्रम गरेको हो ।

होटल पौवा भैरहवामा भएको कार्यक्रममा राष्ट्रिय भजन गायक सुरज भण्डारी नेतृत्वको टीमको भजन प्रस्तुति रहेको शाखा प्रबन्धक गिरीराज पाण्डेले बताए । ‘चाडपर्व तथा संस्कृतिको संरक्षण गर्ने र विशेष गरी युवा पुस्ताहरुलाई मौलिक कला संस्कृतिप्रति आकर्षित गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो’पाण्डेले भने–‘कार्यक्रममा ग्राहक, शुभचिन्तक लगायत गरी १ हजार जना बढीको उपस्थिति थियो ।’ कार्यक्रममा होटल पौवाका उपाध्यक्ष ध्रुव न्यौपाने, शुभ ओम कम्पनी प्रा.लि.का अध्यक्ष हरि बहादुर थापा लगायतको उपस्थिति थियो ।

‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगसँगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मूल नाराका साथ पौवाका १७ वटा शाखामा शिवरात्री विशेष कार्यक्रम गरिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए । परम्परा अनुसारको शिव प्रसाद निःशुल्क वितरण गरिनुका साथै संगीतमय भजन टोलीले शिवरात्रीका दिन बुधबार साँझ ६ बजेदेखि हरिकृतन गरेको भण्डारीले बताए ।

बुटवलको योगीकुटीमा रहेको पौवाको ब्रान्चमा महाशिवरात्रीमा ५ सय बढीले प्रसाद ग्रहण गर्नुका साथै हरिकृतनमा सहभागी भएको बुटवल शाखा प्रबन्धक प्रकाश पाठकले बताए । नेपाली परिकार र नेपाली सत्कारलाई प्राथमिकता दिदै आएको होटल पौवाले गतवर्ष पनि महाशिवरात्री विशेष शिवपूजन र हरिकृतन लगायतका कार्यक्रम आयोजना गरेको थियो ।

पौवाले नेपालमा मनाइने हरेक पर्व र साँस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको होटल पौवा प्रा.लि.का अध्यक्ष दुर्गा भण्डारीले बताए । नेपालमा रहेका विभिन्न जाती र समुदायको पर्वहरुलाई पौवाले उत्सव बनाइरहेको उल्लेख गर्दै उनले आगामी दिनहरुमा विभिन्न धर्म र सम्प्रदायको पर्वहरुमा समेत पौवाले कार्यक्रम गर्ने जानकारी दिए ।

WhatsApp Image 2025-02-28 at 9.09.54 AM.jpeg

‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटीसहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा विस्तारलाई समेत तीव्रता दिदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच विस्तार गरेको छ । 

हालसम्म देशभरीका १७ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी र भैरहवा, पाल्पाको तानसेन, गुल्मीको रेसुंगा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा सञ्चालनमा रहेका छन् । त्यसै गरी पौवाले बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा विस्तार गरी प्रारिम्भक सेवा सञ्चालन गरिरहेको छ ।

WhatsApp Image 2025-02-28 at 9.09.53 AM.jpeg