२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थ उद्योग वाणिज्य संघमा अध्यक्षसहित अधिकांश पद निर्विरोध

शुक्रवार , फाल्गुण १६, २०८१

भैरहवा, १६ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आगामी नयाँ कार्यकालका लागि अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध भएका छन् । आगामी फागुन २४ गते शनिबार हुने संघको अधिवेशन (निर्वाचन) का लागि शुक्रबार भएको मनोनयन दर्तामा उपाध्यक्ष (वाणिज्य) र सह–कोषाध्यक्षबाहेक पदाधिकारीतर्फका अन्य पद निर्विरोध रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडेलले जानकारी दिए । 

अध्यक्षमा नेत्र प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा दिलिप प्रसाद कान्दु, उपाध्यक्ष (कर्पोरेट) मा रोहित कुमार अग्रवाल र उपाध्यक्ष (उद्योग) मा गोविन्द ज्ञवाली निर्विरोध रुपमा निर्वाचित भएका छन् । त्यसै गरी महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी र सचिवमा मंगल भण्डारी निर्विरोध निर्वाचित भएका छन् । 

संघको वस्तुगत सदस्यमा प्रितम रौनियार, महिला उद्योग सदस्यमा विष्णुमाया शर्मा, कर्पोरेट सदस्यमा विकास गोयनका र अप्रित कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्ष (वाणिज्य) मा एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा यमकला न्यौपाने, दिपक कुमार पौडेल र हरि बहादुर थापा रहेका छन् । त्यसै गरी सह–कोषाध्यक्षमा संजय कुमार बेरीवाल र पल्लवी न्यौपानेको उम्मेदवारी परेको छ । 

१ जना सदस्य महिला (वाणिज्य) सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । उक्त पदमा सुनयना के.सी. गिरी र मीना पन्थीले उम्मेदवारी दर्ता गराएका छन् । सदस्य (महिला) मा विष्णु माया शर्मा पौडेलको मात्र उम्मेदवारी परेको छ ।

१० जना वाणिज्य सदस्यका लागि १९ जनाको उम्मेदवारी परेको छ भने पाँचजना उद्योग सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ ।

सदस्यहरु उद्योगतर्फ (खुल्ला) मा कमल ज्ञवाली, अभिनव थापा, कृतेश कुमार श्रेष्ठ, तेजेन्द्र यादव, दिपेन्द्र पौडेल, सृजना कार्की जोशी, ओम जैसी, रचना क्षेत्री र विजय अधिकारीले उम्मेदवारी दिएका छन् ।
सदस्यहरु उद्योगतर्फ (खुल्ला) मा पूजा आचार्य, सन्दीप कुमार अग्रहरी, विशाल जैसवाल, अभिनव मयुर कसौधन, रमेश घिमिरे, धर्मराज आचार्य, प्रमोद कुमार रिजाल, अर्जुन कार्की, रमेश कानु, कृष्ण प्रसाद अधिकारी, यन्जय प्रसाद वेल्वासे, सुरेन्द्र यादव, विरेन्द्र ज्ञवाली, चन्द्रकान्त भट्टराई, जवाहीर अग्रहरी, हरिश सेठिया, धर्मवीर शर्मा, गंगासागर अग्रहरी र प्रकाश रेग्मीले उम्मेदवारी दिएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघको ६६ औं साधारण तथा अधिवेशन २०८१ फागुन २३ र २४ गते भैरहवामा हुँदैछ ।