
आइतवार , फाल्गुण १८, २०८१
भैरहवा, १८ फागुन । रामवन वचत तथा ऋण सहकारी संस्था लिमिटेडले ऋणी सदस्यहरुका लागि अभिमुखीकरण तालिम प्रदान गरेको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा रहेको उक्त सहकारीले शनिबार संस्थाबाट ऋण लिएका सदस्यहरुलाई तालिम प्रदान गरेको हो । सहकारी ठगीका घटना भइरहेका बेला रामवनले सदस्यहरुलाई तालिम दिएको अध्यक्ष सुशील पाण्डेले बताए ।
विगतमा सहकारीमा धेरै पैसा जम्मा गर्ने सम्मान हुँदै आएको बताउँदै अबका दिनमा सहकारीबाट ऋण लिनेर सहकारीको आर्थिक अवस्थामा सुदृढ गर्नेलाई सम्मान गर्नुपर्ने मुख्य प्रशिक्षक बाबुराम भण्डारीले बताए ।
सहकारीबाट ऋण लिएर आफ्नो दैनिक जीवनमा आउने समस्यालाई समाधान गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने प्रशिक्षक खेमराज पाण्डेले बताए । रामवन सहकारीमा १ हजार १ सय २० सदस्य रहेका छन् । सहकारीले ३ सय १८ जना सदस्यलाई ऋण लगानी गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij