२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लोविसंघ रुपन्देही क्याम्पस इकाई अध्यक्षमा रामनाथ गुप्ता

सोमवार , फाल्गुण १९, २०८१

भैरहवा, १९ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) रुपन्देही क्याम्पस इकाई अध्यक्षमा रामनाथ गुप्तालाई मनोनित गरिएको छ । गुप्तालाई लोविसंघ रुपन्देहीका अध्यक्ष अमन बनियाले मनोनियन गरेका हुन् ।

स्नातक तह अन्तर्गत व्यवस्थापन संकाय तेस्रो वर्षमा अध्ययनरत गुप्तालाई स्ववियु निर्वाचनलाई मध्यनजर गरी तयारीमा जुट्न र संगठन विस्तारमा जोड दिन समेत निर्देशनसहित मनोनित गरिएको अध्यक्ष बनियाले बताए ।

लोविसंघले संगठन विस्तार अभियानलाई तीव्रता दिएको संघका केन्द्रीय सचिव जैनुद्दीन देवानले बताए ।