२०८३, कार्तिक २२ गते

Nov 08 2026 | २०८३, कार्तिक २२ गते

पश्चिम नेपाल टायर एण्ड ट्रिट प्रा.लि.को दोस्रो साधारण सभा तथा सम्मान कार्यक्रम

आइतवार , कार्तिक २२, २०८३

  • 157
    Shares
  • 157
    Shares
  • बुटवल, २२ कार्तिक । पश्चिम नेपालका ५० जना बस व्यवसायीहरुको साझा व्यवसायका रुपमा स्थापित पश्चिम नेपाल टायर एण्ड ट्रिट प्रा.लि.को दोस्रो वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । दीपावली पर्व अन्तर्गत धनतेरसको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रा.लि.का शेयर सदस्यहरुलाई तामाको अम्खोरा, मिष्ठान्न र १२ प्रतिशत लाभांश वितरण गरिएको थियो । साथै उद्योग वाणिज्य संघ बुटवलका नवनिर्वाचित अध्यक्ष तथा संघका सल्लाहकार नरिश्वर शर्मा पौडेललाई सम्मान गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नवनिर्वाचित अध्यक्ष पौडेलले बुटवललाई आधुनिक र उद्योगी व्यवसायीको शहर बनाउन यातायात व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । यातायात व्यवसायीहरुसँग सहकार्य गर्दै पार्किङ्ग व्यवस्थापन लगायतका समस्या समाधाका लागि प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष पौडेलले समृद्ध मुलुक बनाउन उद्योग व्यवसायको विकास र भौतिक पूर्वाधारको विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    WhatsApp Image 2026-11-08 at 7.33.25 AM.jpeg

    कार्यक्रममा पश्चिम नेपाल टायर एण्ड ट्रिट प्रा.लि.का अध्यक्ष दधिराम खरेलले यातायात व्यवसायीको हकहित संरक्षणका साथै व्यवसायिक श्रीबृद्धिका लागि कारोबार विस्तारको योजनासहित टायर एण्ड ट्रिटको सुरुवात गरिएको बताउनुभयो । यातायात व्यवसायसँग सम्बन्धित सरोकार राख्ने व्यवसायलाई क्रमशः प्रबद्र्धन गर्दै लैजाने योजना रहेको उल्लेख गर्दै अध्यक्ष खरेलले सहकारीमार्फत सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण र व्यवसाय प्रबद्र्धनलाई एकसाथ अघि बढाइएको जानकारी समेत दिनुभयो ।

    पत्रकारहरुको जिज्ञासा मेटाउँदै अध्यक्ष खरेलले यात्रुमैत्री यातायात सञ्चालनका लागि आफूहरु सधै प्रतिबद्ध रहेको उल्लेख गर्दै समय अनुकुल व्यवसाय सञ्चालनमा पनि नयाँ प्रविधि र व्यवस्थापनलाई प्राथमिकता दिइएको बताउनुभयो।

    सो अवसरमा सञ्चालकहरु नारायण घिमिरे, जीवन बन्जाडे, मोहन पिएस, नारायण भण्डारी, कार्यालय प्रमुख कृष्ण प्रसाद भट्टराई, भलाई कोषका सचिव बिजेश न्यौपाने लगायतले बसपार्कमा व्यवस्थित पार्किङ्ग, सहज बीमा सुविधा, सहकारीको प्रभावकारीता, व्यवसायिक एकता लगायतका विषयमा चर्चा गर्नुभएको थियो ।