२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको १४ औं अधिवेशन फागुन २५ गते

मंगलवार , फाल्गुण २०, २०८१

भैरहवा, २० फागुन । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल रुपन्देही जिल्ला कमिटीको १४ औं जिल्ला अधिवेशन यही फागुन २५ गते हुने भएको छ । फागुन २५ गते आइतबार बिहान ११ः३० बजेदेखि बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनमा अधिवेशन सुरु हुने अधिवेशनका जिल्ला संयोजक दीपक खड्कीले बताए । संयोजक खड्कीका अनुसार प्रतिनिधि छनौट कार्यक्रम फागुन २२ गते बिहीबार एकैसाथ पालिका र वडा कमिटीमा गरिनेछ । 

अधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित गर्नका लागि विभिन्न तयारी समितिहरु बनाइएको छ । दीपक खड्कीको संयोजकत्वमा मूल अधिवेशन आयोजक कमिटी बनाइएको छ । उक्त कमिटीको सदस्यहरुमा राष्ट्रिय युवा संघ, नेपाल रुपन्देही जिल्लाका सम्पूर्ण सदस्यहरु छन् । त्यस्तै आर्थिक व्यवस्थापन समितिको संयोजकमा नारायण थापा, प्रतिनिधि व्यवस्थापन समिति संयोजकमा नवराज थापा, प्रचारप्रसार समिति संयोजकमा दिपेश कंडेल, स्वयंसेवक व्यवस्थापन समिति संयोजकमा सुदर्शन खाम्चा र सह–संयोजकमा विशाल थापा रहेका छन् ।

त्यसै गरी मञ्च तथा श्रृंगार व्यवस्थापन समिति संयोजकमा मधु श्रेष्ठ, खाद्यान्न व्यवस्थापनमा सुमन श्रेष्ठ र अतिथि सत्कार समितिको संयोजकमा कृष्ण शाही ठकुरी रहेका छन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न हुने १४ औं अधिवेशन आयोजक कमिटीले जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको १४ औं अधिवेशन आयोजक कमिटीको प्रथम बैठक बसेको छ । जिल्ला कमिटीका संयोजक दीपक खड्कीको अध्यक्षता तथा संघका केन्द्रीय सचिवालय सदस्य तथा उद्योग विभाग प्रमुख केशव रोकाको प्रमुख आतिथ्यता, एमाले रुपन्देही जिल्ला उपसचिव एवं जनसंगठन समन्वय संयन्त्र संयोजक बाबुराम पन्थीको विशेष आतिथ्यतामा बैठक बसेको हो ।

संघका स्थायी कमिटी सदस्य एवं रुपन्देही जिल्ला इञ्चार्ज बुद्धिराज थापा, केन्द्रीय सदस्य मनोज गौचन, कल्पना पाडे मगर, युवा विज्ञ परिषद् उपप्रमुख दिननाथ भट्टराई, लेखा आयोग सदस्य ईश्वर न्यौपाने, युवा विज्ञ परिषद् सदस्य विकास गहतराज, प्रदेश अध्यक्ष सुरज खरेल, एमाले जिल्ला सचिवालय सदस्य नहकुल शाही ठकुरी, जिल्ला सदस्य कृष्ण मल्ल ठकुरी, संघको रुपन्देही जिल्ला निवर्तमान अध्यक्ष विकास बस्नेत लगायतको आतिथ्यतामा भएको बैठक बसेको आयोजकले जनाएका छन् ।

आयोजक कमिटीका सदस्य दिपेश कंडेलको सञ्चालन, सदस्य नवराज थापाको स्वागतमा भएको बैठकले अधिवेशनसम्बन्धि महत्वपूर्ण निर्णयहरु गरेको हो ।