
मंगलवार , फाल्गुण २०, २०८१
भैरहवा, २० फागुन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १ महिनामा ६ हजार ७ सय ७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार सन् २०२५ को फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ६ हजार ७ सय ७९ यात्रुको आवागमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट २ हजार ४ सय ३, जजिरा एयरवेजबाट ३ हजार २ सय ६५ र थाई एयर एसियाबाट १ हजार ९७ यात्रुको आवागमन भएको थियो ।
त्यस्तै नेपाल एयरलाइन्सका १ र अन्य १३ चार्टर उडानबाट २११ जना विदेशी यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४ हजार ४० ट्रान्जिट यात्रुले हवाई यात्रा गरेका थिए ।
महाप्रबन्धक तिवारीका अनुसार विमानस्थलमा नोभेम्बर २०२४ बाट उडान भए यता फेब्रअरी महिनामा यात्रुको आगमन अहिलेसम्मकै धेरै हो । जनवरी २०२५ मा १ हजार ३ सय ६५, डिसेम्बर २०२४ मा ३ हजार ८ सय ७८ र नोभेम्बर २०२४ मा ४ हजार २ सय ७९ यात्रुको आवागमन भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij