२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

रुपन्देही क्याम्पसलाई गरिमा विकास बैंकको कुर्सी सहयोग

बुधवार , फाल्गुण २१, २०८१

  • 982
    Shares
  • 982
    Shares
  • भैरहवा, २१ फागुन । गरिमा विकास बैंक भैरहवा शाखाले रुपन्देही क्याम्पसलाई २० थान कुर्सी सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत क्याम्पसको मंगलबार आयोजित ३४ औं वार्षिकोत्सव समारोहमा कुसन चेयर (कुर्सी) हस्तान्तरण गरिएको बैंकका शाखा प्रबन्धक सुरज भट्टराईले बताए । 

    शाखा प्रबन्धक भट्टराईका अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । ३४ औं वार्षिकोत्सव समारोहमा क्याम्पससँग सहकार्य गरी यहाँको शैक्षिक उन्नयनमा योगदान गरेको भन्दै बैंकका शाखा प्रबन्धक भट्टराईलाई सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । 

    WhatsApp Image 2025-03-05 at 7.37.02 AM.jpeg

    सो अवसरमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.), सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, क्याम्पस सञ्चालक समिति अध्यक्ष डा. रामप्रसाद बस्याल, क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्याय लगायतको उपस्थिति थियो । 

    सिद्धार्थनगर नगरपालिका–९ स्थित क्याम्पस प्रांगणमा ३४ औं वार्षिकोत्सव समारोह, पुरस्कार वितरण, सम्मान एवं साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।