२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

मेउडिहवा विद्यालयमा भारतवीर गुरुङ्गको अर्धकदको शालिक अनावरण

बुधवार , फाल्गुण २१, २०८१

  • 874
    Shares
  • 874
    Shares

  • भैरहवा, २१ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मेउडिहवास्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा समाजसेवी स्वर्गीय भारतवीर गुरुङ्ग (जयगोरख) को अर्धकदको शालिक अनावरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच शालिक अनावरण गरिएको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गजेन्द्र कोहारले बताए ।

    गुरुङ्ग मेउडिहवा आधारभूत विद्यालयका संस्थापक हुन् । अवकाशप्राप्त ब्रिटिश आर्मी समेत रहेका उनले ई.सं. १९५९ मा २५–३० जना बालबालिकाहरुलाई जम्मा गरी विद्यालयमा पठनपाठन सञ्चालन गरेका थिए ।

    स्व. भारतवीर गुरुङ्गका परिवारले वि.सं. २०७९ सालमा विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । उनको परिवारले विद्यालय प्रांगणमा अर्धकदको शालिक अनावरण गरेका हुन् । 

    WhatsApp Image 2025-03-05 at 10.32.34 AM.jpeg

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण कोहारको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवको प्रमुख आतिथ्यता, विद्यालयकी प्रधानाध्यापक आशा थापाको स्वागत तथा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गजेन्द्र कोहारको सञ्चालनमा शालिक अनावरण कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2025-03-03 at 3.03.46 PM.jpeg