२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राप्रपाले काठमाण्डौंमा निकाल्यो बिशाल र्याली

बुधवार , फाल्गुण २१, २०८१

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा बिशाल मोटरसाइकल र्याली निकालेको छ । 

संवैधानिक राजतन्त्र पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आन्दोलनरत राप्रपाले बुधबार काठमाडौंको बबरमहलबाट बिभिन्न स्थानहुँदै दरवारमार्गसम्म मोटरसाइकल र्याली निकालेको हो ।

मोटरसाइकल र्यालीमा राजेन्द्र लिङ्देनसहित नेता तथा कार्यकर्ता सहभागी थिए । त्यस्तै व्यवसायी दुर्गा प्रसाइसमेत राप्रपाको मोटरसाइकल र्यालीमा सहभागी भएका थिए । मोटरसाइकल र्यालीपछि आयोजित कोणसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री डा. धवलशम्शेर राणाले संघीयता र धर्मनिरपेक्षता हटाउने राप्रपाको अभियानमा साथ दिन सवैमा आग्रह गरे । 

उनले राप्रपाको आन्दोलन जनआन्दोलन–३ को घोषणा भएको भन्दै शान्तिपूर्ण रुपमा निरन्तर अघि बढ्ने र अहिलेको अवस्था र व्यवस्था परिवर्तन गर्ने उल्लेख गरे । 

पछिल्लो समय राप्रपाले निरन्तर देशव्यापी प्रदर्शन र कोणसभा गर्दै आएको छ । काठमाण्डौको र्यालीमा उल्लेख्य रुपमा युवाहरुको सहभागिता रहेको थियो ।