
बुधवार , फाल्गुण २१, २०८१
काठमाण्डौं । अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका केही नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ ।
बुधबार अमेरिकाको बिमानमार्फत उनीहरुलाई नेपाल फर्काइएको हो । जसमा १ महिला र ७ पुरुष रहेका छन् । नेपाल फर्काइपछि उनीहरुलाई अध्यागमनले त्रिभुवन बिमानस्थलबाटै प्रहरीको जिम्मा लगाएको छ ।
अवैध रूपमा बस्दै आएका नागरिकलाई निष्कासन गर्ने अमेरिकाको नयाँ नीतिका कारण नेपालीहरु निष्कासनमा परेका हुन् । यसैवीच नेपाल प्रहरीले अमेरिकाबाट निष्काशन परि नेपाल फर्काइएका नेपालीहरुसंग सोधपुछ गरेको छ ।
नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरो पुराइएका उनीहरुलाई सोधपुछ गरिएको हो । अमेरिका गएको प्रक्रियाका बिषयमा उनीहरुसंग बुझ्ने काम भएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
प्रारम्भीक सोधपुछका क्रममा केहि नेपालीहरु ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानून उल्लघन गरेर फर्काइएको पाइएको उनले जानकारी दिए । त्यस्तै उनीहरुले अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रवक्ता कुँवरले जानकारी दिए ।
बुधबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो । सोधपुछ सकिएपछि उनीहरुलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij