
बिहिवार , फाल्गुण २२, २०८१
अर्घाखाँची, २२ फागुन । अर्घाखाँची प्रहरीले नक्कली भारतीय मुद्रासहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ घर भइ हाल अर्घाखाँचीको शितगंगा नगरपालिका–१ बस्ने १९ वर्षीय दिपक राना भन्ने यानबहादुर बस्नेत क्षेत्री रहेका छन् ।
यानबहादुरको साथबाट नक्कली भारतीय मुद्राजस्तो देखिने ९ बी आर ०००१२६ २००० (दो हजार रुमाल) उल्लेख गरिएको ९ थान नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगन्नाथ मरासिनीले जनाए ।
प्रहरी निरीक्षक मरासिनीका अनुसार शितगंगा नगरपालिका–१२ ठूलोढोडेनीको पहिरोस्थित गोरुसिंगे–सन्धिखर्क सडकखण्डबाट यानबहादुरलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका क्षेत्रीलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा अर्घाखाँची जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij