२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम

शुक्रवार , फाल्गुण २३, २०८१

भैरहवा, २३ फागुन । ११५ औं अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । माइती नेपाल आवधिक गृह भैरहवाले बिहीबार अन्तरक्रियासहित जनचेतनामूलक कार्यक्रम गरेको छ । 

महिला अधिकार र गर्नुपर्ने काम कर्तव्यकाबारेमा माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् । नेपालको संविधानले गरेको व्यवस्था अनुसारका महिला हकका बारेमा पनि उनले स्पष्ट पारेकी थिइन् । महिलाविरुद्ध हुने सबै प्रकारका विभेद उन्मुलनका कुरा, लैंगिक समानता र महिला सशक्तिकरण, मानव बेचबिखन नियन्त्रणका कुरा लगायतका विषयमा छलफल भएको थियो ।  

समाज, राजनीति, अर्थतन्त्रमा महिलाको सहभागीता बढाउनुपर्ने पनि कार्यक्रममा सहभागीको जोड थियो । महिला पुरुषबीचको काम र समान ज्यालाका बारेमा पनि छलफल भएको थियो । कार्यक्रममा पूर्व जनप्रतिनिधि लक्ष्मी पाण्डे, गैरसरकारी संस्थाकी समिता मल्ल, सञ्चारकर्मी शंकर पाण्डे लगायतले बोलेका थिए ।