२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

खबरपात्रोका समाचार सम्पादक गुप्ता सम्मानित

शुक्रवार , फाल्गुण २३, २०८१

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २३ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आफ्नो ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा खबरपात्रो डटकमको समाचार सम्पादक रबिन्द्र प्रताप गुप्तालाई सम्मान गरेको छ । 

    संघले खेलेको भूमिकालाई सकारात्मक एवं प्रभावकारी ढंगले समाचार प्रेषित गर्दै आर्थिक सामाजिक रुपान्तरणमा विशेष भूमिका निर्वाह गरेको भन्दै रुद्र विलास तुलाचन अक्षयकोषको उद्देश्य अनुरुप उनलाई नगदसहित दोसल्ला ओढाएर सम्मान–पत्रद्वारा पुरस्कृत एवं सम्मानित गरिएको संघका निवर्तमान अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए । 

    गुप्तालाई शुक्रबार संघीय सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेय, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलगायतले सम्मान गरेका हुन् । विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील गुप्ता गौतमबुद्ध सन्देश दैनिक, बुद्ध सामूदायिक टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनमा पनि आबद्ध छन् ।

    गुप्ता लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सह–कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यसमिति सदस्य, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समिति सदस्य लगायत विभिन्न जिम्मेवारीमा छन् । कार्यक्रममा नेपाल क्यान्सर सहयोग समूहका केन्द्रीय अध्यक्ष दिलिप भट्टराईसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।