
शुक्रवार , फाल्गुण २३, २०८१
भैरहवा, २३ फागुन । नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रहरुको अर्धवार्षिक समीक्षा एवं कार्यक्रम तर्जुमा गोष्ठी भैरहवामा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रम लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर प्रा. डा. सुशिला पटेलको सभापतित्व तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यमा भएको हो ।
नेत्र ज्योति संघ रुपन्देही शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा अस्पताल अन्तर्गत सञ्चालित ८ वटा आँखा उपचार केन्द्रका इञ्चार्जहरुले चालु आर्थिक वर्ष २०८१÷०८२ को ६ महिनामा गरेका कार्यहरु तथा आर्थिक पक्षको तथा आगामी दिनमा गर्ने कार्यक्रमहरुबारे जानकारी गराएका थिए । कार्यक्रममा नाक, कान तथा घाटीरोग विशेषज्ञ डा. मिलन सेडाईले नाक, कान र घाटी सम्बन्धी प्रस्तुतीकरण पेश गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सागर प्रताप राणा, नेपाल नेत्र ज्योति संघ रुपन्देहीका सदस्य गणेश बहादुर क्षेत्री, श्री रण अम्बिका शाह आँखा अस्पतालका व्यवस्थापक प्रकाश रायमाझी लगायतले बालेका थिए ।
प्रा.डा. कबिन्द्र बज्राचार्यको स्वागतमा भएको कार्यक्रमको प्राविधिक चरणको संजिव अधिकारी र अन्य कार्यक्रम अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले सञ्चालन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij