२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सुसंस्कृत माविमा जनचेतनामूलक कार्यक्रम

शुक्रवार , फाल्गुण २३, २०८१

भैरहवा, २३ फागुन । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । माइती नेपाल आवधिक गृह भैरहवाले सिद्धार्थनगर नगरपालिका–१३ स्थित श्री सुसंस्कृत माध्यमिक विद्यालयमा अन्तरक्रियासहित जनचेतनामूलक कार्यक्रम गरेको छ । 

विद्यार्थीहरुलाई कसरी हिंसाबाट जोगिन सकिन्छ, के कस्ता सतर्कता अपनाउनुपर्छ जस्ता कुराहरु कार्यक्रममा बताइएको थियो । घरेलु हिंसा अन्र्तगत शारीरिक, मानसिक र आर्थिक यातना पर्ने भन्दै छात्रछात्रालाई अभिमुखीकरण गरिएको थियो । 

यौनजन्य यातना, बलात्कारका घटनामा चनाखो भएर तत्काल प्रहरीलाई खबर गर्नुपर्ने र कानूनी बाटोका बारेमा माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् । नेपालको संविधानले गरेको व्यवस्था अनुसारका महिला हकका बारेमा पनि उनले स्पष्ट पारेकी थिइन् । महिलाविरुद्ध हुने सबैप्रकारका विभेद उन्मुलनका कुरा, लैंगिक समानता र महिला सशक्तिकरण, मानव बेचविखन नियन्त्रणका कुरा लगायतका विषयमा छलफल भएको थियो ।  

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर १३ का सदस्य निलु श्रीसले नगरबाट स्थानीयस्तरमा सचेतनाका कार्यक्रमलाई जोड दिने बताइन् ।