२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

अन्तर्राष्ट्रिय नारी दिवसमा नबिल बैंकको आयोजनामा ‘वाकथन’

शनिवार , फाल्गुण २४, २०८१

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २४ फागुन । ११५ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा नबिल बैंकले रुपन्देहीको बुटवलमा शनिबार बिहान ‘वाकथन’ (पदयात्रा) गरेको छ । ‘कार्यलाई गति दिनु’ भन्ने नाराका साथ बैंकको गोलपार्कस्थित बुटवल शाखाबाट सुरु भएको पदयात्रा पुलचोक, हाटबजार लाइन, अमरपथ, ट्राफिक चोक हुँदै पुनः गोलपार्कमा पुगेर समापन भएको बुटवल शाखा प्रबन्धक राजदिप उप्रेतीले बताए ।

    वाकथनमा बैंकको लुम्बिनी सेन्ट्रल कलस्टर अन्तर्गत रहेका सम्पूर्ण शाखाबाट गरी १ सय जना बैंकका कर्मचारीको उपस्थिति रहेको बुटवल शाखामा कार्यरत कर्मचारी हिमाल बस्नेतले जानकारी दिए । उनका अनुसार देशभर १३ स्थानमा नबिल बैंकले वाकथन कार्यक्रम गरेको छ । 

    बैंकको लुम्बिनी सेन्ट्रल कलस्टर प्रमुख अमित के.सी.को संयोजकत्वमा भएको ‘वाकथन’ मा भैरहवा शाखा प्रबन्धक गंगाराम न्यौपाने, स्थानीय प्रहरी लगायतको सहभागीता थियो ।

     

    walktgon2.jpeg